back
CTIZAN AD

भूमण्डलीकृत विश्व र नयाँ राजनीतिक विकल्प

वि.सं.२०७९ साउन ३ मंगलवार

930 

shares

समकालीन विश्वमा युगान्तकारी परिवर्तनको तीब्रतासँगै पुराना राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक मूल्य मान्यता र अवधारणाहरु क्रमशः विघटन हुँदै गइरहेको छ । विशेषतः पछिल्लो तीन दशकदेखि यता विकास भएको विज्ञान प्रविधिको चमत्कारीक विकासले मानव समाजको मूल प्रवृति नै फेरिएको छ । मानव समाज विकासका ऐतिहासिक चरणहरुमा परिस्कृत भएका दार्शनिक र शैद्धान्तिक मूल्य मान्यताहरुले नयाँ विश्वको व्याख्या गर्न असमर्थ भएको छ ।

उदीयमान विश्वमा विज्ञान प्रविधिक क्रान्तिले सिर्जना गरेका नयाँ–नयाँ चुनौतीहरुको सामना गर्न पुरानो राजनीतिक दर्शन र सिद्धान्तलाई नयाँ कसी लगाउनु आवश्यक भएको छ । भूमण्डलीकृत विश्वमा विज्ञान प्राविधिक क्रान्तिले सिर्जना गरेका नयाँ–नयाँ संकट र चुनौतीहरुको सामना गर्न पुरानो राजनीतिक दर्शन, शिद्धान्त, कार्यनीति र रणनीतिको ठाउँमा आ–आफ्नो देशको सापेक्षतामा मौलिक कार्यनीति, रणनीति, सिद्धान्त, विचार र सँगठनात्मक स्वरूपलाई नयाँ स्तरमा विकास गर्न ढिला भैसकेको छ ।

पूँजीवादी व्यवस्थाको विकल्प भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । परम्परागत समाजवादले समकालीन विश्वका अन्तरविरोधको मुकाबिला गर्न असमर्थ भइसकेको छ । राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा श्रृजित तामाम अन्तरविरोधहरुको वैज्ञानिक आधार खोजी नयाँ ऐतिहासिक विकल्प पेश गर्नु वैज्ञानिक समाजवादको प्रमुख उद्देश्य हो ।

विगतमा मानव मस्तिष्कले कल्पनै नगरेको प्रविधिको विकाससँगै यसअघिका सैद्धान्तिक र दार्शनिक मान्यताहरु पुराना भैसकेका छन् । यसलाई नयाँ ढंगको थप व्याख्या विश्लेषण बिना आजको दुनियाँलाई बुझ्नै नसकिने भएको छ । विश्वमा समाजवादी व्यवस्थामा मात्र होइन कि पूँजीवादी व्यवस्थामा पनि ठूलै संकट आइरहेको छ ।

पूँजीवादी व्यवस्थाको विकल्प भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । परम्परागत समाजवादले समकालीन विश्वका अन्तरविरोधको मुकाबिला गर्न असमर्थ भइसकेको छ । राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा श्रृजित तामाम अन्तरविरोधहरुको वैज्ञानिक आधार खोजी नयाँ ऐतिहासिक विकल्प पेश गर्नु वैज्ञानिक समाजवादको प्रमुख उद्देश्य हो ।

भूमण्डलीकृत विश्वमा विज्ञान प्रविधिको विकासले सामजको एउटा वर्गलाई सभ्रान्तवर्गमा रूपान्तरण गराएको छ भने अर्को वर्गले त्यसको उपयोग मात्र गर्न सक्छ, त्यसवाट फाइदा लिन सकेको छैन । विश्वका १ प्रतिशत धनाढ्यहरुको हातमा विश्वको ९९ प्रतिशत स्रोत साधन र सम्पती केन्द्रित भएको छ भने विश्वका ९९ प्रतिशत श्रमजीवी जनताको हातमा १ प्रतिशत भन्दा कम स्रोत साधन सम्पति रहेको तथ्य भर्खरै सार्वजानिक भएको छ ।

प्रविधिको विकाससँगै वातावरणीय विनाशले ठूलो सन्त्रास निम्त्याउनुको साथै यसले सिँगै भौतिक जगत र मानव समुदायलाई समेत चुनौति दिइरहेको छ । विश्वमा राजनीतिक, आर्थिक, वित्तीय बजार कब्जा गर्ने होडबाजीमा पूँजीवादीहरुको आपसी टकराव र भिडन्तले विनाशकारी प्रविधिमा ठूलो लगानी गर्दै आएको छ । प्रविधिले एकातिर उत्पादन र बजारीकरणमा सहजता ल्याएता पनि अर्कोतर्फ पर्यावरणीय चुनौती र मानव स्वास्थ्यमा नकारात्मक असरसमेत पुर्‍याएको छ ।

२० औँ शताब्दीमा शुरू भएको साम्राज्यवादी पूँजीवादका केही विशेषता बाँकी रहेता पनि सारतः त्यसको समग्र चरित्रमा ठूलो फेरबदल आइसकेको छ । विज्ञान प्रविधि र विश्वको राजनैतिक रंगमंचमा आएको गुणात्मक परिवर्तनको कारण आजको यूगलाई पिशुद्ध साम्राज्यवादी यूग मात्रै भन्नु पछौटे मानसिकताको उपज हुन जानेछ ।

पश्चिमा पूँजीवादीहरुले विश्वमा आएको आर्थिक र वित्तीय संकटमोचको लागि लागू गरेको नवउदारवादी नीतिको कारण अविकसित, अल्पविकसित, विकासोन्मुख, साना र कमजोर देशहरुले ठूल्ठूला अभाव र संकटको सामना गर्नु परेको छ । पश्चिमा पूँजीवादीहरुको भूमण्लीकृत वित्तीय र व्यापारीक पूँजीवादमार्फत पूरै विश्वमा छाडा साँढे बनी आफ्नो बर्चस्व कायम गर्न बिबिध हतकण्डा प्रयोग गर्दै आएको छ । यसले नवउदारवादी नीतिमार्फत यस्ता देशहरुलाई रातारात मालामाल हुने उधारो सपना बाडेर भूमण्डलीकरणको प्रचारमा प्रतिक्रियावादी सत्ता र तिनका दलाल अर्थशास्त्रीहरु जोडतोडले लागेका छन् ।

आजको विश्वमा साम्राज्यवाद मात्रै होइन कि एकीकृत भूमण्डलीकृत वित्तीय र व्यापारीक पूँजीवादको विकास भएको छ । भूमण्डलीय वित्तीय र व्यापारीक पूँजीवादका आफ्नै मौलिक आयम र विशेषताहरु छन् । विश्वमा भूमण्डीकृत पूँजीवादले नवउदारवादको जामा लगाई सिङ्गै विश्वको राजनीतिक, आर्थिक, वित्तीय, धार्मिक, सांस्कृतिक, सामरीक प्रभुत्व कायम गर्दै विज्ञान प्रविधिको माध्यमबाट विश्वलाई आफ्नो कब्जामा लिएको छ । भूमण्डीकृत वित्तीय र व्यापारीक पूँजीवादको मूल विशेषता भनेको नवउदारवादी नीतिमार्फत विश्वभरिका अविकसित, अल्पविकसित, विकासोन्मुख साना तथा कमजोर देशहरुलाई एकलौटीरूपमा दोहन गर्नु र पूँजीनेवेश बनाउनु हो ।

पश्चिमा पूँजीवादीहरुले विश्वमा आएको आर्थिक र वित्तीय संकटमोचको लागि लागू गरेको नवउदारवादी नीतिको कारण अविकसित, अल्पविकसित, विकासोन्मुख, साना र कमजोर देशहरुले ठूल्ठूला अभाव र संकटको सामना गर्नु परेको छ । पश्चिमा पूँजीवादीहरुको भूमण्लीकृत वित्तीय र व्यापारीक पूँजीवादमार्फत पूरै विश्वमा छाडा साँढे बनी आफ्नो बर्चस्व कायम गर्न बिबिध हतकण्डा प्रयोग गर्दै आएको छ । यसले नवउदारवादी नीतिमार्फत यस्ता देशहरुलाई रातारात मालामाल हुने उधारो सपना बाडेर भूमण्डलीकरणको प्रचारमा प्रतिक्रियावादी सत्ता र तिनका दलाल अर्थशास्त्रीहरु जोडतोडले लागेका छन् ।

भूमण्डलीय पूँजीवादहरुले साना, कमजोर अविकसित र गरीब मुलुकहरुमा खुलेआम व्यापारीक, आर्थिक, वित्तीय र औद्योगीक प्रभुत्व जमाई त्यस्ता मुलुकलाई पूँजीनिवेश बनाउने भूमण्डलीय रणनीतिका साथ नवउदारवादीे नीति लागू गर्न ठूलो दवाब सिर्जना गरेका छन् । धनी, सम्पन्न र शक्तिशाली राष्ट्रलाई त्यस्ता देशहरुले खुल्ला बजार, खुल्ला लगानी, सस्तो कच्चा पदार्थ र सस्तो श्रम उपलब्ध गराउनु पर्ने, उत्पादित माल बेरोकटोक बेच्न पाउनु पर्ने, सार्वजनिक र सरकारी कलकारखाना, उद्योग र सस्थानहरु नीजिकरण गर्नुपर्ने शर्त बन्देज लादेर सहयोगको बहानामा यी देशहरुमा प्रवेश गर्दछन् ।

भूमण्डलीय पूँजीवादले नवउदारवादको नीतिअनुसार वस्तुहरु, सेवाहरु र पूँजीलाई राष्ट्रिय सीमाभित्र सीमित नगरी वस्तु र सेवाको व्यापारमा उदारीकरण, नीजिकरण र विश्वव्यापीकरणको नाटकद्वारा साना, कमजोर, अविकशीत र गरीब देशहरुमा भित्रिई त्यस्ता देशहरुको स्वाधीनता र स्वतन्त्रतामाथि हस्तक्षेप गदर्छन् । भूमण्डलीकृत पूँजीवादले लागू गरेको नवउदारवादी नीतिको कारण सरकारी र सार्वजनिक क्षेत्रका उद्योग, संस्थान र सेवा क्षेत्रलाई निजीकरण गराई त्यस्ता देशलाई आर्थिकरूपमा टाट पल्टाउने र ऋणको चक्रब्यूहमा फसाएर परनिर्भर बनाई आफ्नो काबुमा राख्ने गर्दछ ।

भूमण्डलीकृत वित्तीय र व्यापारीक पूँजीवादको प्रमुख विचार उदारीकरण र नीजिकरण हो । भूमण्डलीकृत पूँजीवादले आर्थिक, वित्तीय, औद्योगिक, व्यापारीक र सैन्य नियन्त्रण कायम गर्न विभिन्न रणनीतिक चाल चाल्दै आएको छ । यसले आर्थिक, वित्तीय, औद्योगिक र व्यापारीक नियन्त्रण कायम राख्न विश्व बैक, एशियाली विकास बैक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन र बहुराष्ट्रिय निगम÷कम्पनीहरु परिचालन गरेको छ । साथै, सैन्य नियन्त्रण कायम गर्ने उद्देश्यले नेटो, सेन्टो र सिटो जस्ता सैन्य सँगठनहरु क्रियाशिल गराएको छ । भूमण्डलीकृत वित्तीय तथा व्यापारिक पूँजीवादले सहजै आफ्नो भूमण्डलीय रणनीति लागू गर्न नसके पछि अन्त्यमा शैन्य बलको माध्यमद्वारा हस्तक्षेप गर्दछन् । जसको नमूना इराक, अफगानिस्थान, सिसिया, मध्यपूर्व ल्याटिन अमेरिकी देशमा मात्रै होइन विश्वका अन्य कयौं मुलुकले यसको सामना गरिरहेका छन् । सन् १९९० यता नेपालले नवउदारवादी नीति अवलम्बन गर्दै आएको छ । यस्तो नीति लागू हुनु अघि र लागू भए पछिको आर्थिक, औद्योगिक र वित्तीय स्थितिको तुलनात्मक अध्ययन गर्ने हो भने नेपाल क्रमशः कंगालीकरण हुँदै गएको छ ।

राजनीतिक पार्टीको लगाम लगाएका अर्थशास्त्रीहरुको आर्थिक विश्लेषण हेर्दा काल्पनिक र बनावटी प्रगतीको डेटाहरु पेश भएको पाइन्छ । वास्तवमा नेपालमा बहुराष्ट्रिय पूँजी, परराष्ट्रिय पूँजी र दलाल पूँजीलाई कर छुट र विभिन्न सहुलीयत दिएर राष्ट्रिय पूँजीलाई निरूत्साही गर्दै आएको छ, जसको कारण राष्ट्रिय पूँजीले प्रतिस्पर्धा गर्न नसकी धाराशाही भएको छ । एकातिर बहुराष्ट्रिय पूँजी र दलाल पूँजीले राष्ट्रिय पूँजीलाई निलीरहेको छ भने अर्कोतिर वित्तीय पूँजीले औद्योगिक पूँजीलाई निलीरहेको छ ।

नेपालमा नवउदारवादी नीतिको कारण सार्वजानिक उद्योग, संस्थान र सेवा क्षेत्रको नीजिकरणले देशलाई पूरै परनिर्भर र पराश्रृत बनाएको छ । विगतमा नेपाल कपडा, सिमेन्ट, छालाजुत्ता, धागो, चिनी, कागज, इट्टा टायल, टायर, कृषि औजार तथा उपकरण, खाद्यन्न आदीमा लगभग आत्मानिर्भर थियो । देशमा लाखौले रोजगारी पाएका थिए, त्यसपछिको समयमा पचासौं लाख युवा देशबाट बाहिरन बाध्य भए । आज हामी नवउदारवादी नीतिको कारण कुन ठाउँमा पुग्यौं समीक्षा हुन आवश्यक छ । यीनै उल्लेखित राष्ट्रिय र अन्तराष्ट्रिय वस्तुस्थितिको विवेचनाबाट हामी कुन निश्कर्षमा पुग्दछौ भने शोषण, असमानता, विभेदमा आधारित केन्द्रीकृत, भूमण्डलीकृत, नवउदारवादी पूँजीवादले पूरै विश्वको अर्थतन्त्र र बजार कसरी कब्जा गर्दछ र साना, कमजोर अविकसित र गरीब मुलुकहरुलाई कसरी दोहन गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।

नेपालको सन्दर्भमा समाजवाद उन्मुख संविधानको विषयमा ठूलै चर्चा चल्यो तर, समाजवादको मोडालिटीको विषयमा कुनै बहस भएन । नेपालमा समाजवाद र प्रजातान्त्रिक समाजवादको पक्षपोषण गर्ने कांग्रेस, एमाले र माओवादी जस्ता राजनीतिक शक्तिहरुसँग समाजवाद सम्बन्धि कुनै खाका र भिजन छैन । उनीहरु खोक्रो समाजवादको गफ चुटेर जनतालाई भ्रमित पारिरहेका छन ।

त्यस्ता राजनीतिक पार्टीहरुको नीति, कार्यक्रम, दस्तावेज र घोषणापत्रमा समाजवादको मोडेल र त्यसका विशेषताको बारेमा केही उल्लेख पाइँदैन । आदर्शवादी र आध्यात्मवादीले जीवनभर गरेको कर्म (काम)को फल मरेपछि मात्र पाइन्छ भनि आशै आसमा जीवनभर शोषण गर्दछन् । काल्पनिक समाजवादीहरुले पनि क्रान्ति सम्पन्न भएपछि मात्र समाजवाद लागू गर्न सकिन्छ भनि परिवर्तनलाई सुदुर भविश्यको कल्पनामा सीमित गर्दछन् । यी दुबै रुढिवादी सोचाइको उपज मात्र हो ।

आज हामीहरु परम्परागत समाजवाद होइन की वैज्ञानिक समाजवादको प्रस्थानबिन्दु के हुन सक्छ र नेपालको मौलिक विशेषताहरु के–के हुनसक्छ यस विषयमा नयाँ शिराबाट अध्ययन गरिरहेका छौं । समाजवादलाई सही रूपमा लागू गर्ने हो भने साइत हेरेर सुदुर भविश्यको विषय बनाउनु हुँदैन त्यसलाई आजैबाट क्रमशः कार्यान्वयनमा ल्याउनु पर्दछ ।

नेपाली समाजको वर्ग विश्लेषणमा ठूलो फेरबदल भैसकेको छ । श्रमिक वर्गको परिभाषालाई नयाँ ढंगले परिभाषित नगरी समाजको समग्र चरित्र बुझ्न सकिँदैन । कृषि क्षेत्रमा कार्यरत आम जनशक्तिलाई श्रमिककै रूपमा नहेरी समाजको वास्तविक वर्ग विश्लेषण गर्न सकिँदैन । नेपालमा आधारभूत वर्गको रूपमा कृषि श्रमिक रहेकोले उनीहरुको समस्यालाई सहीरूपमा सम्बोधन नगरी नेपाली समाजको रूपान्तरण हुन सक्दैन । त्यसैगरी बाह्य रोजगारी रहेको जनसंख्यालाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

विश्वका विकसित सिद्धान्त, विचार, कार्यनीति र राजनीतिक कार्यक्रम सबै देशमा समान ढंगले लागू गर्न सकिँदैन । आ–आफ्नो देशको भिन्न–भिन्नै राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक, वर्गीय, भौगोलिक र मनोवैज्ञानिक विशेषता र आयमहरु आधारमा यसलाई लागू गर्न सकिन्छ । यीनै विशेषताको आधारमा देशको मौलिक राजनीतिक कार्यदिशा र समाजवादको मौलिक ढाँचा निर्धारण गर्नु पर्दछ ।

नेपाली समाजको वर्ग विश्लेषणमा ठूलो फेरबदल भैसकेको छ । श्रमिक वर्गको परिभाषालाई नयाँ ढंगले परिभाषित नगरी समाजको समग्र चरित्र बुझ्न सकिँदैन । कृषि क्षेत्रमा कार्यरत आम जनशक्तिलाई श्रमिककै रूपमा नहेरी समाजको वास्तविक वर्ग विश्लेषण गर्न सकिँदैन । नेपालमा आधारभूत वर्गको रूपमा कृषि श्रमिक रहेकोले उनीहरुको समस्यालाई सहीरूपमा सम्बोधन नगरी नेपाली समाजको रूपान्तरण हुन सक्दैन । त्यसैगरी बाह्य रोजगारी रहेको जनसंख्यालाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

नेपाली समाजमा समग्र क्षेत्रमा विचौलियाहरुको बोलबाला छ, त्यसमध्ये पनि सबभन्दा बढी कृषि श्रमिकहरु बिचौलीयहरुको शोषण र उत्पीडनमा परेका छन् । देशमा मैलाउदो बचौलीया प्रणालीविरुद्घ धावा नबोली नेपाली अर्थव्यवस्थामा सुधार ल्याउन सकिँदैन । यस्ता सबैखाले विकृती र अव्यवस्थाको विरुद्घ नेपाली राजनीतिमा मौलिक कार्यनीति र रणनीतिको विकास गरेर नेपालीलाई स्वतन्त्र, स्वाधीन, आत्मानिर्भर समृद्ध देश बनाउन सकिन्छ ।

नेपाल बहुजातीय, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विवधताले भरिपूर्णं देश हो । नेपाली समाजको आफ्नै मौलिक सामाजिक संरचना र विशेषताहरु छन् । नेपाली मौलिक विशेषताका आधारमा नेपाली राजनीति व्यवस्थालाई कसरी जनताको हितमा प्रयोग गर्ने त्यसको नीति र कार्यक्रम कस्तो हुने भन्ने प्रश्न नै मूलतः वैज्ञानिक समाजवादको मूल विषयवस्तु बन्नु पर्दछ ।

आज देशको पछिल्लो परिस्थितिले नै नेपालमा नयाँ राजनीतिक प्रणालीको माग गरिरहेको छ । देशमा सिर्जना भएको बिद्यमान समस्याको हल गर्न नसक्ने राजनीतिको प्रणाली केवल देश र जनतालको लागि बोझ सिवाय केही होइन । यो मक्किसकेको व्यवस्थालाई जति रंगरोगन गरेर टालटुल पारे पनि आखिर यसले आफ्नो चरित्रअनुसारको भूमिका निर्वाह गर्दछ । प्रजातन्त्र, गणतन्त्र वा लोकतन्त्र जे भनेपनि राज्यको अधार संरचना परिवर्तन भएको छैन । राज्यको उपरिसंरचनामा सामान्य परिवर्तन भएपनि श्रमजीवी वर्गको प्रतिनिधित्व हुन सकेको छैन ।

नेपालमा भएका अथाह प्राकृतिक स्रोत र साधनको समूचीत उपयोग गर्दै देशमा राज्यद्वारा संरक्षित कालोवजारी, तस्करी, चुहावट र भष्ट्रचारलाई जंग्गी कानुनद्वारा नियन्त्रण गर्ने बिधिको विकास नगरी नेपाली राजनीतिलाई नयाँ ट्याकबाट हिँडाउनै सकिँदैन । नेपालका विद्यमान राजनीतिक पार्टीहरु बाह्य देशको प्रभावमा परिचालित हुँदै आएका छन् । पूँजीवादी पार्टीहरु इण्डो–पश्चिमा पूँजीवादी देशहरुको निर्देशनमा परिचालित छन् भने बामपन्थी पार्टीहरु रुस र चीनको राजनीतिक प्रणालीको नक्कल गर्दै आएका छन् । कुनै पनि राजनीतिक पार्टीले आफ्नो मौलिक राजनीतिक प्रणालीको विकास गर्न सकेका छैनन् ।

वैज्ञानिक समाजवादले पूँजीवादी व्यवस्था र पुरानो ढंगको समाजवादले हल गर्न नसकेका राजनीतिक, सामाजिक, आर्थिक र वर्गीय अन्तरविरोधको हल गर्ने मौलिक विधि खोज्दछ । नेपालको सन्दर्भमा राजनीतिलाई स्वाधिनतासँग जोडने, अर्थतन्त्रलाई आत्मानिर्भरतासँग जोड्ने र राष्ट्रिय सुरक्षालाई जनप्रतिरक्षासँग जोडेर बन्ने कार्यनीतिको आधारमा वैज्ञानिक समाजवादलाई विकसित गर्न सकिन्छ ।

नेपालमा भएका अथाह प्राकृतिक स्रोत र साधनको समूचीत उपयोग गर्दै देशमा राज्यद्वारा संरक्षित कालोवजारी, तस्करी, चुहावट र भष्ट्रचारलाई जंग्गी कानुनद्वारा नियन्त्रण गर्ने बिधिको विकास नगरी नेपाली राजनीतिलाई नयाँ ट्याकबाट हिँडाउनै सकिँदैन । नेपालका विद्यमान राजनीतिक पार्टीहरु बाह्य देशको प्रभावमा परिचालित हुँदै आएका छन् । पूँजीवादी पार्टीहरु इण्डो–पश्चिमा पूँजीवादी देशहरुको निर्देशनमा परिचालित छन् भने बामपन्थी पार्टीहरु रुस र चीनको राजनीतिक प्रणालीको नक्कल गर्दै आएका छन् । कुनै पनि राजनीतिक पार्टीले आफ्नो मौलिक राजनीतिक प्रणालीको विकास गर्न सकेका छैनन् ।

नेपाली राजनीतिमा मौलिक ढंगको कार्यनीति र कार्यक्रमको विकास नगरि राज्यको चरित्र परिवर्तन गर्न सकिँदैन । नेपाली मौलिकतामा आधारित क्रान्तिकारी कार्यनीति र रणनीतिको विकास अहिलेको मूल पक्ष हो । नेपालका विद्यमान नियम कानुन केवल देखावटी र शासकवर्गको सत्ता कवाच बाहेक अरु केही होइनन् । यस्ता नियम कानुन पुराना, अव्यवहारीक र अन्तरविरोधी छन्, जसको कारण समजमा भएका अपराध, विकृती र विसंगती रोक्न असमर्थ छ । देशमा देखावटी राजनीतिक परिवर्तन भएको छ तर राज्य र शासकवर्गको चरित्र, कार्यशैली, जीवनशैली, संस्कार र संस्कृति पुरानो राणाकालीन नै छ ।

देशमा एकपटक सांसद मन्त्री राष्ट्रपतिलगायतका पदमा पुगेपछि आजीवन पेन्सन पाउने र जनताले एउटा सिटामोलसमेत राज्यबाट नपाउने राजनीतिक प्रणालीबाट जनताले के आशा गर्ने ? नेपालको जनविरोधी राजनीतिक प्रणाली र शासन व्यवस्था रहेसम्म देश र जनताको उन्नती र प्रगती असम्भव छ । नेपाली मौलिकता र विशेषतासहितको वैज्ञानिक समाजवादका मौलिक रणनीति र कार्यनीतिको सही ढंगले विन्यास गर्नु पर्दछ । मक्किएको राजनीतिक विचारधारा र राजनीतिक व्यवस्थाको ठाउँमा नयाँ मौलिक विचार, कार्यदिशा, कार्यनीति, कार्यक्रम, संस्कार र संस्कृतिद्वारा नयाँ नेपालको मार्गचित्र कोर्न सकिन्छ ।

वि.सं.२०७९ साउन ३ मंगलवार १२:४४ मा प्रकाशित

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...