back
CTIZAN AD

बाम एकता गर्ने प्रयास : सिंहदरबारमा जुटे तत्कालिन नेकपाका नेताहरु

वि.सं.२०७९ साउन ३ मंगलवार

687 

shares

काठमाडौं । केही दिन अघि बाम एकता तथा सहकार्यका बारेमा छलफल जुटेका तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु पुनः छलफलमा जुटेका छन् । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।

माओवादी केन्द्रको संसदीय दलमा भएको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी छन् ।

यसअघि मंगलबार मात्रै माओवादी अध्यक्ष प्रचण्ड र जसपाबाट बाहिरिएका नेता डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

माओवादी केन्द्रमा बामपन्थीहरुबीच गठबन्धन वा एकता गर्नुपर्ने विषयमा छलफल चलिरहेको छ । यता, एकीकृत समाजवादीले पनि सोही विषयमा नै केन्द्रीत रहेर छलफल चलाईरहेको छ ।

दलहरुबीच मिलेसम्म एकता, नमिलेमा वामपन्थी गठबन्धन बनाउने विषयमा छलफल चलिरहेको बुझिएको छ । दलहरुबीच आम चुनाव अघि नै निर्णय गर्नेगरि छलफल केन्द्रीत देखिन्छ ।

वि.सं.२०७९ साउन ३ मंगलवार १८:०८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...