back
CTIZAN AD

च्यारिटी डिनरका विषयमा बोल्दै एनआरएनए युकेले भन्यो–भ्रममा नपर्नु होला

वि.सं.२०७९ साउन ३ मंगलवार

837 

shares

ओम थापा, काउचा युके । गैरआवासीय नेपाली संघ युकेले गत १९ सेप्टेम्बर २०२१ मा गरिएको एक च्यारिटी डिनर कार्यक्रमका विषयमा स्पष्ट पारेको छ ।

उक्त कार्यक्रममा भएको आम्दानी तथा खर्च लगायतका विषयलाई लिएर संघको च्यारिटी विभाग तथा पदाधिकारीहरुको नाम जोडेर बाहिर आएका नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै ती टिप्पणीहरु संस्था र संस्थाका जिम्मेवार पदाधिकारीविरुद्ध बदनियत साथ आएको बताएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै संस्थाले पारदर्शितामा बिश्वास गर्ने मात्र नभै पारदर्शिता अवलम्बन गर्ने संस्था पनि भएको बताउँदै खर्च र आम्दानी बारे हिसाव किताव पनि सार्वजनिक गरेको छ ।

संघले च्यारिटी डिनरमा स्पोन्सरहरुबाट २८ हजार ८० पाउण्ड सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएकोमा हालसम्म २३ हजार ८० पाउण्ड भुक्तान भैसकेको जनाउँदै ५ हजार पाउण्ड प्रतिबद्धता गरेका दाताहरुबाट भुक्तानी हुन बाँकी रहेको जनाएको छ ।

‘यो रकम दाताहरुबाट आउने क्रममा रहेको समेत जानकारी गराउन चाहन्छौं । विशिष्ट प्रकारको यो च्यारीटी डिनरको सफल आयोजनका लागि कार्यक्रम स्थलको भाडा, खाना तथा रिफरेसमेन्ट, कलाकार तथा मनोरन्जन, मिडिया तथा टेक्नीकल सिस्टम लगायत गरी ८ हजार २७९ पाउण्ड ३५ पी खर्च भएको थियो ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले च्यारिटी डिनरको खर्च तथा आम्दानीको विल भरपाइ दुरुस्त रहेको, खर्च भएर बाँकी रहेको रकम संघको बैंक खातामा जम्मा गरिएको र उक्त रकम संघको विधानको परिधिभित्र रही संघको उद्देश्य अनुरुप लक्षित क्षेत्रमा पारदर्शी रुपमा खर्च गरिने समेत जनाएको छ । साथै दाताहरुबाट आउन बाँकी रकम प्राप्त हुनासाथ बैंकमा राखिने जनाएको छ ।

संघले कार्यसमितिको बैठक र संघको साधारणसभा तथा अन्य आधिकारिक मन्चहरुमा आर्थिक प्रतिबेदन समेत नियमित रुपमा सार्वजनिक गरि जानकारी गराउदै आएको जनाएको छ ।

‘यसबाहेक संघको आर्थिक गतिबिधिको अनुगमनका लागि विधान अनुसार स्वतन्त्र लेखा समिति गठन भएको छ । संघका गतिबिधिहरु, खर्च र आम्दानीका विल भरपाइहरुको ब्रिटिश कानून अनुसार मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्टबाट लेखा परीक्षण समेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी संघले नियम संगत र पारदर्शी रुपमा गरेका गतिबिधिविरुद्ध अफवाह फैलाउने बदनियत साथ आएका अनावश्यक टिकाटिप्पणीबाट सजग रहन र कुनै भ्रममा नपर्न गैर आवासीय नेपाली संघ युकेका पन्जीकृत सदस्यहरु लगायत नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछौं ।’

वि.सं.२०७९ साउन ३ मंगलवार १८:०७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...