back
CTIZAN AD

बहुक्षेत्रिय पोषण कार्यक्रम सुधार गर्न मुगुका पालिकालाई सुझाव

वि.सं.२०७९ साउन ३ मंगलवार

744 

shares

काठमाडौं । मुगुको चारवटा स्थानीयतहमा संचालित बहुक्षेत्रिय कुपोषण कार्यक्रम आगामी दिनमा सुधार गरेर लैजान सरोकारवालाहरुले स्थानीयतहलाई सुझाव दिएका छन् ।

जिल्ला समन्वय समितिले आयोजना गरेको बहुक्षेत्रिय पोषण कार्यक्रमको समिक्षा गोष्टीमा सहभागीहरुले पालिकास्तरमा बहुक्षेत्रिय पोषण कार्यक्रम आगामी दिनमा अझै प्रभावकारी ढंगले सुधार गरेर लैजान सुझाव सल्लाह दिएका छन् ।

‘बहुक्षेत्रिय पोषण कार्यक्रम कुनै पालिकामा ठिक छ कुनै पालिकामा त्यति प्रभावकारी देखिएन ।’ जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले भने । उनले मुगुम कार्मारोङ गाउँपालिकामा पोषण कार्यक्रम राम्रै देखिएको तर अन्य पालिकामा भने त्यति सन्तोषजक नदेखिएको बताए ।

‘बहुक्षेत्रिय पोषण कार्यक्रम सन्तोषजनक नदेखिएको स्थानीयतहले आगामी दिनमा सुधार गरेर लैजानु पर्छ समन्वय प्रमुख कार्कीको भनाई छ । समन्वय प्रमुखले पोषण कार्यक्रमको चौमासिक प्रगति प्रतिबेदन स्थानीयतहले समन्वय समितिलाई उपलब्ध गराउन निर्देशन दिएका छन् ।

समन्वय समितिले आयोजना गरेको समिक्षा कार्यक्रममा छायाँनाथ रारा नगरपालिका सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले गत चालु आर्थिक बर्षमा संचालित बहुक्षेत्रिय पोषण कार्यक्रमको प्रस्तुतिकरण गरेका थिए ।

छायाँनाथ रारा नगरपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रमतर्फ ३० लाखमध्ये करिव १६ लाख खर्च भएको उल्लेख गरिएको छ त्यसैगरी सोरु गाउँपालिकामा उक्त कुपोषण कार्यक्रमतर्फ २९ लाख बजेट रहेको छ ।

त्यसै खत्याड गाउँपालिकामा २७ लाख मुगुम कार्मारोङ गाउँपालिकामा ३२ लाख बजेट रहेको उल्लेख गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि पशु, खानेपानी क्षेत्र भित्र रहि बहुक्षेत्रिय पोषण कार्यक्रम रकम खर्च गरिनु पर्ने निर्देशिकामा जारी गरिएको छ ।

‘पोषण कार्यक्रम सुधार गरेर लैजानु पर्छ भनेर हामीले बारम्बार स्थानीयतहलाई सुझाव सल्लाहदिदै आएका छौ,’ पूर्ब जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले भने, ‘अझै उही पुरानै ढर्राले कुपोषण कार्यक्रम संचालन भएको छ ।’

यो चालु आर्थिक बर्षबाट बहुक्षेत्रिय पोषण कार्यक्रम सुधार गरि लैजाने र बजेट अनुसार प्रगति पनि देखाउने सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले प्रतिबद्धता जाहेर गरेका थिए ।

बहुक्षेत्रिय पोषण कार्यक्रम राम्रो संचालन गरेका पालिकाले पनि अझै राम्रो गर्नुपर्ने जिल्ला समन्वय अधिकारी भिमराज सेजुवालले बताउछन् । निर्देशिका भित्र रहेर पोषण कार्यक्रम संचालन गर्दा उत्कृष्ट हुने उनको ठहर छ ।

वि.सं.२०७९ साउन ३ मंगलवार १७:४१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...