back
CTIZAN AD

गभर्नर बर्खास्तीको माग गर्दै संयुक्त विद्यार्थी संगठनद्धारा थप संघर्षका कार्यक्रम घोषणा

वि.सं.२०७९ साउन ३ मंगलवार

597 

shares

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै संयुक्त, विद्यार्थी संगठनले थप संघर्षका कार्यक्रमको घोषणा गरेका छन् ।

ने.वि.संघका अध्यक्ष डुजाङ शेर्पा, अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै थप संघर्षका कार्यक्रम घोषणा गरेको जनाएका छन् ।

‘महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएका छन् । सेयर कारोबार, क्रीप्टो करेन्सी जस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ,’ शेर्पा, सिंह र पराजुलीद्धारा जारी संयुत्त, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनैतिक व्यक्तिबाट राजिनामाको अपेक्षा गर्नु मुर्खता हुनेछ त्यसकारण नेपाल सरकार समक्ष अवैध गभर्नर वर्खास्तीको जोडदार माग गर्दै संयुक्त विद्यार्थी संगठन निम्न संघर्षका कार्यक्रमको घोषणा गर्दछौं ।’

यस्ता छन् संघर्षका कार्यक्रमहरु
१. श्रावन ३ गते अवैध गभर्नर बर्खास्तीको माग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यु र प्रतिनिधि सभाका सम्माननीय सभामुख ज्यू लाई ज्ञापनपत्र बुझाउने ।

२. श्रावण ४ गते नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयमा सहित देशैभरीका कार्यालयहरुमा कालो ब्यानर राख्ने ।

३. श्रावण ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्सन तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।

४. श्रावण ६ गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने ।

५. श्रावण ७ गते संघीय संसद सदस्यहरुलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडी सडकबाट संदेश पठाउने रहेको छ ।

No photo description available.

वि.सं.२०७९ साउन ३ मंगलवार १७:०७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...