back
CTIZAN AD

अत्याधिक गर्मीले आधा विश्व संकटमा, अमेरिकामा संकटकाल

वि.सं.२०७९ साउन ३ मंगलवार

747 

shares

काठमाडौं । विश्वका अधिकांश भागहरू अहिले मौसम प्रकोपको सामना गरिरहेका छन्। युरोप, अमेरिका र चीन चर्को गर्मीले संकटग्रस्त छन् । विशेषगरि युरोपेल देश फ्रान्स, स्पेन, पोर्चुगललगायत करिब १० देशका जंगलमा आगो नियन्त्रण बाहिर छ । राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलायत गर्मीको लहरले आक्रान्त बनाएको छ ।

मौसमविदले गर्मीले सबै रेकर्ड तोड्ने अनुमान गरेका छन् । स्वास्थ्य अधिकारीहरूले गर्मीका कारण मानिसहरू बिरामी हुने र ज्यानसमेत जाने स्थिति देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । कतिपय देशहरुले गर्मीलाई राष्ट्रिय विपद् पनि घोषणा गरेका छन् ।

बेलायतमा अहिले सहारा मरुभूमिभन्दा बढी गर्मी छ । जसका कारण त्यहाँ कोरोना कालमा जस्तै लकडाउनको अवस्था छ । मानिसहरूलाई घरबाटै काम गर्न भनिएको छ। बेलायतमा पहिलो पटक तापक्रम ४० डिग्री नाघेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन एक सताब्दीकै सबैभन्दा बढी गर्मी समय हो ।

मानवीय क्षति हुन सक्ने चिन्ता

संयुक्त राष्ट्रसङ्घले अत्याधिक गर्मीको बारेमा चिन्ता व्यक्त गरेको छ। सङ्गठनका महासचिव एन्टोनियो गुटेर्रेसले जंगलमा लागेको आगो र गर्मीको लहरका कारण धेरै मानिसहरुको ज्यान जानसक्ने बताएको छ ।
गुटेर्रेसले जीवाश्म इन्धनको प्रयोग छाड्न अपिल पनि गरेका छन् ।

युरोपका १० भन्दा बढी देशमा आगलागी

उच्च तापक्रमसँगै युरोपका १० भन्दा बढी देशमा आगलागीको प्रकोप देखिन थालेको छ । अहिले स्पेनका ३६ स्थानमा जंगलमा आगलागी भएको छ । २२ हजार हेक्टर जङ्गल जलेको छ । दक्षिण-पश्चिम स्पेनमा पारा ४४ डिग्री सेल्सियसभन्दा माथि र देशका बाँकी भागमा ४० डिग्रीसम्म पुगेको छ। हालसम्म देशमा २० वटा आगलागी नियन्त्रणमा आएको छ ।

त्यसैगरि पोर्चुगल उत्तरी क्षेत्रमा रहेको जंगलमा लागेको डढेलोमा परी दुई जनाको मृत्यु भएको छ । १२ हजार एकडभन्दा बढी प्रभावित भएको छ । पोर्चुगलमा एक सातामा तापक्रम ४७ डिग्रीको उचाइमा पुगेको छ, जुन जुलाईमा नयाँ रेकर्ड हो ।

फ्रान्सको दक्षिणपश्चिममा पर्ने हर बोर्डे नजिकैको जंगलमा एक सातादेखि आगो लागेको छ । १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तापक्रम ३३ डिग्री नाघेको छ । भविष्यमा नयाँ कीर्तिमान कायम हुनेछ।

अमेरिका र चीन पनि संकटमा

अमेरिकामा कुल जनसंख्याको लगभग १७ प्रतिशत गर्मीको चपेटामा छन्। मौसमको अवस्था थप प्रतिकुल हुँदै गएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा जलवायु संकटकाल लगाउने तयारी गरेका छन् ।

यता चीनको सांघाई लगायतका धेरै सहरहरू चर्को गर्मीको सामना गरिरहेका छन् । गर्मीबाट बच्न मानिसहरु भूमिगत आश्रयस्थलमा सरेका छन् । सांघाई सहित ६८ सहरमा रेड अलर्ट जारी गरिएको छ । सांघाईका २ करोड ५० लाख मानिसलाई गर्मीको लहरबारे सचेत गराइएको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७९ साउन ३ मंगलवार १७:०३ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...