back
CTIZAN AD

निक्षेप संकलन र कर्जा लगानीमा नविल बैंकको अग्रता,एकवर्षमा तीन खर्ब बढी निक्षेप संकलन

वि.सं.२०७९ साउन ४ बुधवार

1K 

shares

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकिङ व्यवसायको क्षेत्रमा नबिल बैंकको अग्रता देखिको छ ।

निक्षेप संकलन र कर्जा लगानीमा अन्य वाणिज्य बैंकहरुको तुलनामा नबिल बैंक अगाडि देखिएको हो ।

सो बैंकले पछिल्लो एक वर्षको अवधिमा निक्षेप संकलन १०१ अर्बले बढाउन सफल भएको छ । २०७८ को असारसम्म कुल २ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नबिलले २०७९ को असारसम्म कुल ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो । नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिलको निक्षेप बढेको देखिएको हो ।

नेपाल बंगलादेश बैंकको निक्षेप नबिल बैंकमा गणना भएपछि नबिलको कर्जा र निक्षेप संकलन दुबै बढेको देखिएको हो ।

यस्तै, निक्षेप संकलनमा नेपाल सरकारको स्वामित्व रहेको नेपाल बैंक पनि उत्कृष्ट देखिएको छ ।

सो बैंकले पछिल्लो एक वर्षको अवधिमा निक्षेप ३३ अर्ब ५६ करोड रुपैयाँले बढाएको छ भने कर्जा लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले बृद्धि गरेको छ । त्यस्तै पछिल्लो एक वर्षमा निक्षेप संकलन बढी गर्ने बैंकको सूचीमा एनसीसी बैंक तेश्रो स्थानमा रहन सफल भएको छ । बैंकले सो अवधिमा ३० अर्ब ७१ करोड रुपैयाँले निक्षेप बढाएको छ । कर्जा लगानी भने २७ अर्ब २ करोड रुपैयाँले बढाएको छ ।

कर्जा लगानीमा तेस्रो नम्बरमा भने ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबलले एक वर्षको अवधिमा २९ अर्ब ७१ करोड रुपैयाँले कर्जा लगानी वृद्धि गरेको छ । सो बैंकले अघिल्लो वर्ष कुल २ खर्ब ४२ अर्ब करोड लाख रुपैयाँ कर्जा लगानी गरे पनि २०७९ असारसम्म भने २ खर्ब ७२ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ । २०७८ असारमा कुल ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले २०७९ असारसम्म कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

पछिल्लो एक वर्षको अवधिमा तीन वटा वाणिज्य बैंकको निक्षेप भने घट्न पुगेको छ । एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप घटेको हो । अघिल्लो वर्ष कुल ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको एनआईसी एशिया बैंकको ५ अर्ब २७ करोड रुपैयाँले निक्षेप घटेर २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ कायम हुन पुगेको छ । यस्तै, अघिल्लो वर्ष कुल २ खर्ब ६४ अर्ब १ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ७ अर्ब ४६ करोड रुपैयाँले घटेर २ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ कायम हुन पुगेको छ ।

वि.सं.२०७९ साउन ४ बुधवार ०८:४२ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...