back
CTIZAN AD

चर्को प्रतिस्पर्धाका बाबजुद पनि रिद्धिसिद्धिले गर्यो ६ अर्ब बढीको व्यापार

वि.सं.२०७९ साउन ४ बुधवार

732 

shares

काठमाडौं । शंकर र अम्बे समूहको संयुक्त कम्पनी रिद्धिसिद्धि सिमेन्टले २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको छ ।

२०२१ मा कम्पनीको अपरेटिङ मार्जिन २६ प्रतिशत रहेको छ । यसअघि महँगोमा चुनढुंगा किनेर उद्योग संचालन गरिरहेको कम्पनीलेआफ्नै खानीबाट चुनढुंगा उत्खनन थालेपछि अपरेटिङ मार्जिनमा सुधार आएको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिङ रेटिङ नेपालले जनाएको छ ।

२०२१ मा कम्पनीले पूरा वर्ष दुईवटा युनिटबाट सिमेन्ट उत्पादन गरेको छ । कोरोना महामारी र सिमेन्ट बजारमा चर्को प्रतिस्पर्धाका बाबजुद कम्पनीको व्यापारमा उछाल छाएको छ । क्लिंकरका साथै सिमेन्टको बिक्री र ब्राण्ड भ्यालुका कारण व्यापार बढेको बताइएको छ । २०२० मा कम्पनीले एक अर्ब ७९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

२०१९ को अन्त्यबाट उद्योगले व्यापारिक उत्पादन थालेको थियो । कम्पनीसँग दुईवटा खानी संचालन गरिरहेको छ । कम्पनीसँग कुल नौवटा खानी छन् । जसमध्ये दुईवटा चुनढुंगा उत्खननका लागि प्रयोग भइरहेको कम्पनीले जनाएको छ । २०२३ बाट बाँकी खानीहरुबाट उत्खनन थाल्ने कम्पनीको तयारी छ । रिद्धिसिद्धिले सिमेन्ट र क्लिंकर उत्पादन तथा बिक्री गर्दै आएको छ । उद्योगसँग दैनिक २७६० टन क्लिंकर र ग्राइन्डिङ युनिटको क्षमता छ । ओपीसी र पीपीसी कम्पनीले रिद्धिसिद्धि र मकवापुर सिमेन्ट ब्राण्डमा बिक्री गरिरहेको छ ।
हेटौंडको रातोमाटेमा प्लान्ट रहेको कम्पनीले आफूले उत्पादन गर्ने ५० प्रतिशतभन्दा बढी क्लिंकर अरु ग्राइन्डिङ युनिटहरुलाई बिक्री गरिरहेको छ ।

बाँकी भने कम्पनीले आफ्नै सिमेन्ट उत्पादनमा उपयोग गरिरहेको छ । भारतीय सिमाबाट ५५ किलोमिटरमा उद्योग रहेकाले कच्चा पदार्थ ढुवानी सस्तो पर्ने बताइएको छ । रिद्धिसिद्धिले १० अर्ब ८६ करोड ६८ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । आठ अर्ब ४३ करोड २८ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन ट्रिपल बी माइनस रेटिङ पाएको छ । दुई अर्ब ४३ करोड ४० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआएन एथ्री रेटिङ पाएको छ ।

वि.सं.२०७९ साउन ४ बुधवार ०८:५६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...