back

चर्को प्रतिस्पर्धाका बाबजुद पनि रिद्धिसिद्धिले गर्यो ६ अर्ब बढीको व्यापार

वि.सं.२०७९ साउन ४ बुधवार

483 

shares

काठमाडौं । शंकर र अम्बे समूहको संयुक्त कम्पनी रिद्धिसिद्धि सिमेन्टले २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको छ ।

२०२१ मा कम्पनीको अपरेटिङ मार्जिन २६ प्रतिशत रहेको छ । यसअघि महँगोमा चुनढुंगा किनेर उद्योग संचालन गरिरहेको कम्पनीलेआफ्नै खानीबाट चुनढुंगा उत्खनन थालेपछि अपरेटिङ मार्जिनमा सुधार आएको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिङ रेटिङ नेपालले जनाएको छ ।

२०२१ मा कम्पनीले पूरा वर्ष दुईवटा युनिटबाट सिमेन्ट उत्पादन गरेको छ । कोरोना महामारी र सिमेन्ट बजारमा चर्को प्रतिस्पर्धाका बाबजुद कम्पनीको व्यापारमा उछाल छाएको छ । क्लिंकरका साथै सिमेन्टको बिक्री र ब्राण्ड भ्यालुका कारण व्यापार बढेको बताइएको छ । २०२० मा कम्पनीले एक अर्ब ७९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

२०१९ को अन्त्यबाट उद्योगले व्यापारिक उत्पादन थालेको थियो । कम्पनीसँग दुईवटा खानी संचालन गरिरहेको छ । कम्पनीसँग कुल नौवटा खानी छन् । जसमध्ये दुईवटा चुनढुंगा उत्खननका लागि प्रयोग भइरहेको कम्पनीले जनाएको छ । २०२३ बाट बाँकी खानीहरुबाट उत्खनन थाल्ने कम्पनीको तयारी छ । रिद्धिसिद्धिले सिमेन्ट र क्लिंकर उत्पादन तथा बिक्री गर्दै आएको छ । उद्योगसँग दैनिक २७६० टन क्लिंकर र ग्राइन्डिङ युनिटको क्षमता छ । ओपीसी र पीपीसी कम्पनीले रिद्धिसिद्धि र मकवापुर सिमेन्ट ब्राण्डमा बिक्री गरिरहेको छ ।
हेटौंडको रातोमाटेमा प्लान्ट रहेको कम्पनीले आफूले उत्पादन गर्ने ५० प्रतिशतभन्दा बढी क्लिंकर अरु ग्राइन्डिङ युनिटहरुलाई बिक्री गरिरहेको छ ।

बाँकी भने कम्पनीले आफ्नै सिमेन्ट उत्पादनमा उपयोग गरिरहेको छ । भारतीय सिमाबाट ५५ किलोमिटरमा उद्योग रहेकाले कच्चा पदार्थ ढुवानी सस्तो पर्ने बताइएको छ । रिद्धिसिद्धिले १० अर्ब ८६ करोड ६८ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । आठ अर्ब ४३ करोड २८ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन ट्रिपल बी माइनस रेटिङ पाएको छ । दुई अर्ब ४३ करोड ४० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआएन एथ्री रेटिङ पाएको छ ।

वि.सं.२०७९ साउन ४ बुधवार ०८:५६ मा प्रकाशित

Himalayan Life AD
संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ ।   गत भदौ २३ र २४ को जेनजी आन्दोलन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । आज साताको चौथ्यो दिन सेयर बजार दोहोरो अंकले...

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...