back
CTIZAN AD

जसपा गोरखा पुर्नगठनका लागि ९१ सदस्यीय भेला आयोजक समिति गठन

वि.सं.२०७९ साउन ४ बुधवार

768 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) गोरखाको पुर्नगठनका लागि ९१ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ ।

मंगलबार बसेको जसपा गोरखाको बैठकले गोरखामा पार्टी पुर्नगठन गर्ने निर्णय गर्दै अध्यक्ष यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय भेला आयोजक समिति पनि गठन गरेको हो ।

बैठकले जिल्ला मातहतका सबै निकाय, समितिहरु स्वतः भेला आयोजक समिति तथा निकायमा रुपान्तरण भएको निर्णय समेत गरेको छ ।
गोरखा उक्त पार्टीका संघीय परिषद् अध्यक्ष रहेका डा. बाबुराम भट्टराईको गृहजिल्ला हो । यद्यपी असारको अन्तिम साता वीरगन्जमा भएको अध्यक्ष उपेन्द्र यादव पक्षको भेलाले डा. बाबुराम भट्टराई लगायतका ९ जना कार्यकारीणि सदस्यलाई काराबाही गरिएको घोषणा गरेको थियो ।

पार्टीभित्रै आफुमाथि कारबाही भएपछि कारबाही फुकुवा गर्न माग गर्दै डा. भट्टराईले पार्टी पुर्नगठनका लागि सबैलाई एकजुट हुन अपिल समेत गरेका थिए ।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका डा. बाबुराम भट्टराईले नयाँ पार्टी बनाउने तयारी गरिरहेका छन् । उनका शुभेच्छुकहरुले पुनःकम्युनिष्ट पार्टीमै फर्किन सुझाव दिए पनि डा. भट्टराईले कम्युनिष्ट पार्टीमा नफर्किने तर समाजवादी केन्द्र निर्माणका लागि विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेको बताउँदै आएका छन् ।

 

वि.सं.२०७९ साउन ४ बुधवार १३:३६ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...