back
CTIZAN AD

ओलीको आरोप : विभिन्न बहाना बनाएर चुनाव सार्ने खतरा छ

वि.सं.२०७९ साउन ४ बुधवार

693 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सार्ने खतरा रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजितक एमाले बागमती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले विभिन्न बहाना बनाएर चुनाव सार्न सक्ने बताए ।

“मंसिरमा संघीय संसद्का लागि निर्वाचन हुनुपर्नेछ, विभिन्न बहाना बनाएर पर सार्ने खतरा छ”, ओलीले भने, “संविधानमाथिको थिचोमिचोले फागुनमा हुनुपर्ने निर्वाचन वैशाखमा हुने स्थिति बन्यो, त्यो पनि नगरेर आगामी चैतमा मात्र गर्ने भनेका थिए, एमालेको नेतृत्वमा भएको राष्ट्रिय प्रयासले गर्दा त्यो सफल भएन ।”

ओलीले निर्वाचन तलमाथि हुन नदिनका लागि लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

अध्यक्ष ओलीले देशको स्वाधीनता, स्वतन्त्रताको रक्षा, लोकतन्त्रको मूल्य, मान्यतासहित संविधानको रक्षा र कार्यान्वयन गर्नका लागि एमालेको सरकार आउनुपर्ने दाबी गरे । राज्यका अंगहरू आफ्ना ठाउँमा प्रभावकारी र स्वच्छ रुपमा क्रियाशील होऊन् भन्नका लागि पनि एमालेको सरकार आउनुपर्ने उनको भनाई छ ।

वि.सं.२०७९ साउन ४ बुधवार १३:१९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...