back
CTIZAN AD

अबरुद्ध आँबुखैरेनी सडकखण्ड तीन घण्टापछि सुचारु

वि.सं.२०७९ साउन ४ बुधवार

747 

shares

दमौली । पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

राजमार्ग सञ्चालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाडाँै जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरा खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ । file photo

वि.सं.२०७९ साउन ४ बुधवार १२:४१ मा प्रकाशित

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...