back
CTIZAN AD

विमानको आकस्मिक अवतरण गरेर यात्रु सकुसल उतारे तर आफु रहेनन्

वि.सं.२०७९ साउन ६ शुक्रवार

804 

shares

जकार्ता । इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ ।

चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अबतरण गर्न अनुमति दिइएको थियो । सबै यात्रु सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पु¥याइएको छ ।

सिटिलिङ्कका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, “पूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तराट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए भने उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ ।”

उनको के कारणले निधन भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन ।

उनले भने, दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङमा स्थानीय समयअनुसार बुधबार बिहान ६ः०० बजे उडिरहेको उडान नम्बर क्यूजी–३०७ को विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो ।

मृतक विमान चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सिधै पठाइने जानकारी उडाइनेछ भन्दै उनले पाइलटको परिवारलाई समवेदना व्यक्त गरे ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सिटिलिङ्कका अधिकारीहरूले यात्रुहरूलाई विमानलाई आकस्मिक अवतरण गर्नुपरेको कारण प्रस्ट पार्दै अर्को उडानको व्यवस्था गरेका थिए ।

उक्त विमानको सम्पूर्ण चालक दलका सदस्यहरूलाई आराम गर्न दिई अर्को समूहलाई उडानका लागि खटाइएको थियो ।सिन्ह्वा

वि.सं.२०७९ साउन ६ शुक्रवार ०७:३४ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

कांग्रेस निरन्तर जनताकाे साथमा छः गगन थापा

कांग्रेस निरन्तर जनताकाे साथमा छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...