back
CTIZAN AD

भ्रामक सूचना प्रवाह नगर्न चीनको चेतावनी

वि.सं.२०७९ साउन ६ शुक्रवार

573 

shares

बेइजिङ । चीनले सिनजियाङ प्रान्तमा मानवअधिकार उल्लङ्घनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनलाई दबाउन खोजेको आरोपको खण्डन गर्दै त्यसको कडा शब्दमा प्रतिक्रिया दिएको छ ।

“भ्रामक सूचना प्रयोग गरेर चीनविरुद्ध गरिने गाली र आक्रमणको हामी दृढतापूर्वक विरोध गर्दछौँ, चीनको न्यायपूर्ण अडानलाई विकासोन्मुख देश र अन्तर्राष्ट्रिय समुदायबाट सुदृढ समर्थन प्राप्त भएको छ, राजनीतिक परिवर्तनमा संलग्न हुन सिन्जियाङलाई प्रयोग गर्ने, चीनको प्रतिष्ठालाई धमिलो पार्ने र चीनलाई नियन्त्रणमा राख्ने र दबाउने प्रयास सफल हुने छैन,” चिनियाँ विदेश मन्त्रालयका वाङ वेनबिनले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बेलायतको एउटा सञ्चारमाध्यमले लगाएको आरोपको खण्डन गर्दै भनेका छन् ।

चीनले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटलाई सिनजियाङमा भएको मानवअधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदनलाई दबाउन आग्रह गर्दै पत्र पठाएको बेलायतस्थित सञ्चारमाध्यमले बताएपछि विदेश मन्त्रालयका प्रवक्ताको कडा प्रतिक्रिया आएको हो । गत मे महिनामा उच्चायुक्त बाचेलेटले सिनजियाङको भ्रमण गरी त्यहाँको मानवअधिकार स्थितिबारे जानकारी लिएकी थिइन् । एएनआई

वि.सं.२०७९ साउन ६ शुक्रवार ०७:३० मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...