काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले गर्ने कामहरुका बारेमा १६ बुँदे प्रतिबद्धता जारी गरेका छन् ।
सो पार्टीद्धारा काठमाडौंमा आयोजित २ दिने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उक्त १६ बुँदे प्रतिबद्धतामा सादा जीवन उच्च विचारका साथ जीवन बिताउने, भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता जस्तो जनविरोध कामलाई समाप्त पार्ने, कार्यक्षेत्रमा शिक्षा र आधारभुत स्वास्थ्य सेवा सुलभ गराउने, स्थानीयस्तरमा कृषि उत्पादन बढाउने तथा विक्रिका लागि विशेष योजना संचालन गर्ने, आफुहरु कार्यरत क्षेत्रबाट युवाहरुको विदेश पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न प्रयास गर्ने लगायतका विषयहरु उल्लेख छन् ।
वि.सं.२०७९ साउन ६ शुक्रवार ०९:२० मा प्रकाशित






























