काठमाडौं । आज देशको पहाडी भू–भागका केही स्थान र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आगामी ३ दिनसम्म प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, नवलपरासीपूर्व, नवलपारसी, पशिचम, पाल्पा, गुल्मस्, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा आसपास भइ बहने केही स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भाना रहेकोले शतर्कता अपनाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७९ साउन ६ शुक्रवार ०८:५३ मा प्रकाशित






























