back
CTIZAN AD

सार्वजनिकस्थलमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७९ साउन ६ शुक्रवार

768 

shares

काठमाडौं । विश्वव्यापी कोरोनाको महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सार्वजनिकस्थल, गोष्ठि, सेमिनार, विद्यालय लगायतका क्षेत्रमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरिएको छ ।

नेपालमा केही सातायता कोरोना संक्रमित हुनेको संख्या दैनिक बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै कोरोनाको जोखिम कम गर्नका लागि व्यक्ति, संस्था, निकाय, कार्यालय, तह र तप्काले आ–आफ्नो स्थानमा सावधानी अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सबै सरकारी तथा गैह्र सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरुमा अनिवार्य मास्क प्रयोग गर्न तथा गराउन र स्यानिटाइजरको व्यवस्था गर्न अनुरोध गरेको छ ।

त्यस्तै विमानस्थल, हवाई लगायत सार्वजनिक क्षेत्र, गोष्ठि सेमिनार, बैठक जस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भिडभाड हुने प्रकृतिका व्यवसाय तथा मनोरन्ज स्थलहरु, स्टेडियम आदि सार्वजनिक स्थलमा अनिर्वा मास्क प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्न अनुरोध गरेको छ ।

नेपालमा हाल २५३७ सक्रिय संक्रमित रहेका छन् भने, बिहीबार एकैदिन ४३५ जनामा संक्रमण पुष्टि भएको थियो ।

No photo description available.

वि.सं.२०७९ साउन ६ शुक्रवार ०८:२८ मा प्रकाशित

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...