back
CTIZAN AD

अंगीकृत नागरिकताको विषयमा माओवादीले छाड्यो नेकपाकालिन अडान

वि.सं.२०७९ साउन ६ शुक्रवार

876 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अंगीकृत नागरिकताको विषयमा राख्दै आएको आफ्नो अडान छाडेको हो । माओवादी केन्द्रले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राख्दै आएको अडान छाडेको हो ।

नागरिकता ऐन २०६३ मा विदेशी नागरिकता त्याग्न चाहेको निस्सा र नेपालीसँग विवाह गरेको प्रमाणका आधारमा वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधान छ । तर, उक्त प्रावधानलाई माओवादी केन्द्रले खुकुलो भएको भन्दै निश्चित अवधि बसोबास गरेपछि मात्रै नागरिकता लिने व्यवस्था गर्नुपर्ने बताउँदै आएको थियो ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा विवाह गरेर आएर निरन्तर ७ वर्षसम्म बसोबास गरेपछि मात्र जारी गर्ने र नागरिकता प्राप्त गरेपनि राजनीतिक अधिकार नपाउने निर्णय गरेको थियो । नेकपाकै निर्णयको कारण तत्कालिन समय नागरिक विधेयक पारित हुन सकेको थिएन ।

तर, तत्कालिन नेकपाबाट विभाजित भएर बनेको माओवादी केन्द्रले उक्त प्रावधानमा आफ्नो अडान छाडेको हो । जसको कारण पुनः खुकुलो व्यवस्थासहितको नागरिकता विधेयक पारित हुने अवस्था बनेको छ ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १४:०३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...