back
CTIZAN AD

माओवादीप्रति गोकुल बाँस्कोटाको व्य‌ग्य- सत्ताको चास्नीले नागरिकतामा रंग फेरियो

वि.सं.२०७९ साउन ६ शुक्रवार

759 

shares

काठमाडाैं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् । माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र दिने सहमति जनाए पनि हाल सो प्रावधानविना नै नागरिकता दिने विषयमा सहमति जनाएपछि सांसद बाँस्काेटाले व्यंग्य गरेका हुन् ।

‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा आऊ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ । तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ सांसद बाँस्कोटाले भने, ‘तर, हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी (माओवादी)ले फेर्नु भएको छ ।’

बाँस्कोटाले नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रहसमेत गरेका छन ।

‘पेरुमा जापानी नागरिक राष्ट्रपति भएको जस्तो नहोस्, फिजीमा भारतीय नागरिक प्रधानमन्त्री भएको जस्तो नहोस्’ बाँस्कोटाले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसैले नागरिकता दिँदा निश्चित अवधि तोकिनुपर्छ, आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्छ ।’

वि.सं.२०७९ साउन ६ शुक्रवार १५:१४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...