काठमाडौं । प्रभु बैंकले ५ अर्ब ६० करोड नाफा आर्जन गरेको छ । बैंकको वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.१० प्रतिशतले वृद्धि गरेको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ करोड ४१ करोड छ । बैंककाे खुद ब्याज आम्दानी ५ अर्ब २ करोड पुगेको छ ।
त्यस्तै बैंककाे संचालन मुनाफा पनि २ अर्ब ६० करोड बढेर ३ अर्ब ८४ करोड पुगेको हो ।
वि.सं.२०७९ साउन ८ आइतवार १४:३२ मा प्रकाशित





























