काठमाडौं । एनआइसी एसिया बैंकले नाफा ३८.८३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५२ करोड कमाएको हो ।
बैंकको वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्ष ३ अर्ब २५ करोड खुद नाफा आर्जन गरेको थियो ।
बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख पुर्याएको छ । बैंकले अघिल्लो वर्ष ९ अर्ब २२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।
वि.सं.२०७९ साउन ८ आइतवार १४:५७ मा प्रकाशित




























