back
CTIZAN AD

युक्रेनको ओडेसा बन्दरगाहमा भएको रूसी आक्रमणको अमेरिकाद्धारा निन्दा

वि.सं.२०७९ साउन ८ आइतवार

819 

shares

वासिङटन । अमेरिकाले युक्रेनको ओडेसा बन्दरगाहमा रूसले गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ । युक्रेन र रूसले पारस्परिक युद्धका कारण खाद्यान्न आपूर्तिमा रोक नलगाउने सम्झौता गरेको एक दिनपछि भएको उक्त आक्रमणको अमेरिकाले निन्दा गरेको हो ।

युक्रेनी कृषि उपज निर्यात पुनः सुरु गर्न सहमति जनाएकोे २४ घण्टा नबित्दै रूसले आफ्नो प्रतिबद्धता उल्लङ्घन गरेकामा त्यसको निन्दा गर्दै युक्रेनका कृषि निर्यातलाई निरन्तरता दिइने अमेरिकाले बताएको छ । ब्ल्याक सीका ओडेसा, चेर्नोमोर्स्क र युज्नी बन्दरगाहबाट खाद्यान्न र मल निर्यातको अनुमति दिन रूस सहमत भएको थियो ।

क्रेमलिनले युक्रेनमा आफ्नो आक्रमणलाई निरन्तरता दिँदै लाखौँ नागरिकको जीवनको बेवास्ता गरेकामा अमेरिकी विदेशमन्त्रीले वक्तव्य निकालेर रूसको विरोध गरेका छन् । उनले सम्झौताको पालना गर्न र विश्वव्यापी खाद्य सङ्कट ननिम्त्याउन मस्कोलाई आह्वान पनि गरेका छन् । यद्यपि रूसले उक्त आक्रमणको खण्डन गरेको छ ।  टर्कीले पनि ओडेसा बन्दरगाहमा रूसले आक्रमण नगरेको बताएको छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबारको आक्रमणलाई बर्बरताको संज्ञा दिँदै त्यसको कडा शब्दमा निन्दा गरेका छन् । टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको सम्झौता कार्यान्वयनमा रूस इमानदार नभएको शनिबारको आक्रमणले पुष्टि गर्छ भन्दै उनले मस्कोलाई विश्वास गर्न नसकिने बताएका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि रूसी आक्रमणको निन्दा गरेका छन् । महासचिवका उपप्रवक्ता फरहान हकले रूसी महासङ्घ, युक्रेन र टर्कीले सम्झौताको पूर्ण कार्यान्वयन गर्नु अनिवार्य भएको बताएका छन् ।

यसैगरी, युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि रूसको ‘निन्दनीय’ क्षेप्यास्त्र हमलाको आलोचना गरेका छन् । उनले रूसलाई अन्तर्राष्ट्रिय कानून र प्रतिबद्धताहरूको पालना गर्न अनुरोध गरेका छन् ।

युक्रेनले पनि ओडेसा बन्दरगाहबाट अनाज निर्यात पुनः सुरु गर्ने प्रयास आज थालेको छ । विश्वव्यापी खाद्यान्न अभाव हुन नदिन निर्यातको प्रयास थालिएको पूर्वाधारमन्त्री ओलेक्जेन्डर कुब्राकोभले बताएका छन् । उनले त्यसनिम्ति प्राविधिक तयारी जारी रहेकोे बताए । (रासस/एएनआई)

वि.सं.२०७९ साउन ८ आइतवार २०:४८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...