काठमाडौं । ओरिजिनल गीतहरुको क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो गीत कन्टेस्ट लिएर अर्ना गीत कन्टेस्ट २०२२ सुरु हुने भएको छ ।
विगत दुई वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको अर्ना बियरले देशका कयौं गायक, संगीतकार तथा गीतकारहरुलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक मन्च प्रदान गरेको छ ।
यही श्रावण ८ गते आइतबारदेखि आयोजना हुने अर्ना गीत कन्टेस्टमा इच्छुकहरुले ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
१० लाख पुरस्कार राशी रहेको यस सो गीत कन्टेस्टमा सहभागीले भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ ।
अर्ना गीत कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न कम्पनीले अनुरोध गरेको छ ।
वि.सं.२०७९ साउन ९ सोमवार ०७:५३ मा प्रकाशित






























