back
CTIZAN AD

करको दर हेरफेर प्रकरण : कहाँ पुग्यो छानबिन ?

वि.सं.२०७९ साउन ९ सोमवार

831 

shares

काठमाडौं । करको दर हेरफेर प्रकरणमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले छानबिन थालेको दुई साता पुगेको छ । यसबीचमा समितिले पूर्वअर्थमन्त्री शर्मासहित अर्थमन्त्रालयका उच्च अधिकारीहरुसँग बयान लिएको छ । साथै अर्थमन्त्रालयको सीसीटीभी फुटेजबारे अध्ययन पनि गरेको छ ।

नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेजबारेको विवरण सोमबार छानबिन समितिलाई बुझाएको थियो । समितिले मंगलबार प्रहरीको रिपोर्टबारे छलफल गर्ने तयारी गरेको छ ।

समितिको मंगलबार बस्ने बैठकले प्रहरीको रिपोर्ट र आगामी छानबिनबारे निर्णय लिने समितिका एक सदस्यले जानकारी दिएका छन् । तर, हालसम्म समितिले छानबिनमा ठोस प्रगति भने गर्न सकेको छैन ।

प्रहरीको रिपोर्टमा के छ भन्ने उल्लेख नभएपनि छानबिन समितिका कतिपय सदस्यले पूर्वअर्थमन्त्री शर्माको फोन रेकर्ड माग्नु पर्ने बताउन थालेका छन् । जुन विषयमा समितिका सदस्यहरुबीच सहमति जुटेको छैन् । फोन रेकर्ड माग्नुपर्ने भनाई सार्वजनिक भएको हेर्दा छानबिनमा खास प्रगति नभएको बुझ्न सकिन्छ ।

आइतबार मात्रै समितिको बैठकले सिंहदरबारको पूर्वी र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको थियो ।

असार २२ मा गठन भएको छानबिन समितिले असार २८ देखि कार्य थालेको थियो । कार्य थालनीदेखि १० दिनसम्मको समय पाएको समितिलाई समय अपुग भएको भनेपछि संसदले गत असार ५ मा थप एक साताको समय थप गरेको थियो । तर, थपिएको समयमा पनि समितिले छानबिनमा प्रगति गर्न सकेको देखिन्न ।

सम्बन्धित समाचार

करको दर हेरफेर प्रकरण : तथ्य नभेटाएपछि छानबिन समितिलाई थपियो एक साता

कहाँ पुग्यो पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन ?

वि.सं.२०७९ साउन ९ सोमवार १८:०० मा प्रकाशित

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...