टोकियो । जापानमा सोमबार मात्रै १२६,५७५ जना कोरोना सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको सातौँ लहरका (बीए ५ ओमिक्रोन) बीच दैनिक सो सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्
टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा सङ्क्रमितको सङ्ख्या २२,३८७ जनाले बढेको छ ।
यस्तै मध्य जापानको आइची प्रिफेक्चरमा थप ५,०१८ नयाँ सङ्क्रमित फेला परेका छन् । (रासस/सिन्ह्वा)
वि.सं.२०७९ साउन १० मंगलवार ०७:५० मा प्रकाशित





























