back
CTIZAN AD

श्रीलंकाका राष्ट्रपति गोटाबायालाई युद्ध अपराध अभियोग लगाउन सिङ्गापुरसँग आग्रह

वि.सं.२०७९ साउन १० मंगलवार

723 

shares

सिङ्गापुर । श्रीलङ्काको दशकौँ लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिङ्गापुरसँग औपचारिकरूपमा आग्रह गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।

द्वीप राष्ट्रको पीडादायी आर्थिक सङ्कटबाट क्रोधित हजारौँ प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपाक्ष यसै महिनाको सुरुमा मालदिभ्स हुँदै सिङ्गापुर पुगी निर्वासित जीवन बिताइरहेका छन् ।

प्रदर्शनकारीले राष्ट्रपतिको निवासमा प्रवेश गरेपछि सेनाको सहयोगमा सैनिक विमानमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगी राजीनामा दिएका थिए ।

सन् २००९ मा देशको तमिल पृथकवादी समूहसँगको द्वन्द्व रक्तपातपूर्ण रूपमा अन्त्य हुँदा उनका भाइ महिन्दा राजपाक्ष राष्ट्रपति थिए भने गोटबाय श्रीलङ्काको रक्षा मन्त्रालय सम्हालेका थिए ।

तत्कालीन प्रशासनले युद्धको अन्तिम समयमा करिब ४० हजार तमिल नागरिकको हत्या गरेको आरोप अधिकार समूहहरूले लगाउँदै आएका छन् ।

दक्षिण अफ्रिकामा अवस्थित इन्टरनेशनल ‘ट्रुथ एण्ड जस्टिस प्रोजेक्ट’ले अन्तरराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा भूतपूर्व राष्ट्रपतिलाई गिरफ्तार गर्न र आफ्नो विश्वव्यापी अधिकार प्रयोग गर्न सिङ्गापुरलाई आग्रह गरेको हो ।

उक्त संस्थाको ६३ पृष्ठको गुनासोमा हत्या, मृत्युदण्ड, यातना र अमानवीय व्यवहार, बलात्कार र अन्य प्रकारका यौन हिंसा, स्वतन्त्रताबाट वञ्चित हुनु, गम्भीर शारीरिक तथा मानसिक हानी र भोकमरीजस्ता घटना घटाएकोमा पूर्व राष्ट्रपति दोषी रहेको जिकिर गरिएको छ ।

सिङ्गापुरका महान्यायाधिवक्ताको कार्यालयले सोमबार थप विवरण नदिई सप्ताहन्तमा उक्त समूहबाट गुनासो प्राप्त भएको पुष्टि गरे ।

कुनै समय शक्तिशाली मानिएको राजपाक्ष वंशले स्वतन्त्र जाँचका लागि बारम्बार गरिएको अन्तरराष्ट्रिय आह्वानको प्रतिरोध गर्दै लामो समयदेखि तमिल टाइगर पृथकवादी आन्दोलनलाई कुल्चँदा कुनै पनि नागरिकको मृत्यु भएको छैन भन्ने दाबी गरेका छन् ।

नोभेम्बर २०१९ मा सत्तामा आएको केही समय नबित्दै, एक सेवानिवृत्त सेना लेफ्टिनेन्ट कर्नललाई राजपाक्षले माफी दिए र तीन जना बालबालिकासहित आठ तमिलहरूको हत्याका लागि एक सैनिक सर्जेन्टलाई मृत्युदण्डको सजायबाट मुक्त गरेका थिए ।

गत वर्ष राजपाक्षले भूतपूर्व विधायकसहित चार जनाको हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएका आफ्नो घनिष्ठ सहयोगी डुमिन्डा सिल्भालाई आममाफी दिएका थिए ।

श्रीलङ्काले व्यवहारमा मृत्युदण्डको पालना गर्दैन । त्यसैले आजीवन सजाय सुनाइएका उनीहरूले जेलजीवन बिताइरहेका समय स्थानीय र अन्तर्राष्ट्रिय निन्दाको बाबजुद पूर्वराष्ट्रपतिले उनीहरूलाई आममाफी दिई मुक्त गरेका थिए ।

राजपाक्षलाई पनि सामूहिक हत्याको नेतृत्व गरेको आरोप लगाइएको छ । तर उनले सन् २००५ देखि २०१५ को बीचमा रक्षा मन्त्रीको रूपमा सेवा गर्दा मतभेदकहरू र पत्रकारहरूको अपहरण र हत्या गरेको दाबीको खण्डन गर्दै आएका छन् ।

सन् २०१९ मा उनी राष्ट्रपति बनेर सार्वभौम प्रतिरक्षा प्राप्त गरेपछि क्यालिफोर्नियाको एउटा अदालतमा उनीविरुद्ध दुई वटा मुद्दा फछ्र्यौट भएको थियो । ती मुद्दामध्ये एउटा यातनाबाट बचेका भनिएका ११ जना व्यक्तिहरूले दर्ता गरेका थिए अर्कोचाहिँ राजपाक्षको विहेमा मारिएका तत्कालीन संस्थापक पक्षविरोधी एक सम्पादककी छोरीले गरेकी थिइन् । रासस/एएफपी

वि.सं.२०७९ साउन १० मंगलवार ०७:४५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...