back
CTIZAN AD

डढेलाका कारण क्यालिफोर्नियामा झण्डै छ हजार विस्थापित

वि.सं.२०७९ साउन १० मंगलवार

618 

shares

मिड्पिन्स, संयुक्त राज्य अमेरिका ।  क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।

क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ ।

क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ ।

अधिकारीहरूले ‘खतरनाक’ भनी वर्णन गरेको डढेलोबाट प्रभावित स्थानमा उद्धारकर्मीहरूले जोखिम क्षेत्रका बासिन्दाहरूलाई उद्धार गर्न र संरचनाहरूको सुरक्षा गर्न खटिरहेका छन् ।

डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पु¥याएको छ हजारौँ मानिस डढेलोको जोखिममा परेका छन् ।

क्याल फायर अफिसर हेक्टर भास्केजले भने, प्रभावित क्षेत्रका छ हजारभन्दा बढी मानिसलाई सुरक्षितस्थलमा सारिएको छ ।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शनिबार मारिपोसा काउन्टीमा ‘नागरिक र सम्पत्तिको सुरक्षाका लागि अत्यधिक खतराको अवस्था’ रहेको भन्दै उक्त क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरे ।

हालैका वर्षहरूमा, क्यालिफोर्निया र पश्चिमी संयुक्त राज्य अमेरिकाका अन्य भागहरूमा पछिल्ला वर्षहरूमा देखिएको लामो खडेरी र उष्ण जलवायुले गर्दा ठूला डढेलोको जोखिम बढेको छ । रासस, एएफपी

वि.सं.२०७९ साउन १० मंगलवार ०७:४० मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...