Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

चलचित्र विकास बोर्डको अध्यक्ष बने अभिनेता भुवन केसी



काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् ।

अभिनेता केसीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष पदका लागि केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेपनि सरकारले केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नेकपा एमालेमा रहेका केसीलाई स्थानीय तहको निर्वाचत ताका स्वागत नेपाल नेतृत्वको पार्टी उन्नत लोकतन्त्र पार्टीले काठमाडौंको मेयरमा केसीको नाम घोषणा गरेको थियो । त्यसलाई अस्विकार गर्दै आफु कुनै पार्टीमा नरहेको बताउँदै आएका केसी गत बैशाखमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको