काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
त्यसैगरी भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।
राष्ट्रपति भण्डारीले गत शुक्रबार बहराइनका लागि तिर्थ वाग्ले र अमेरिकाका राजदूत प्रा. श्रीधर खत्रीलाई मेक्सिकोका लागि आसवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।
वि.सं.२०७९ साउन १० मंगलवार १३:२२ मा प्रकाशित






























