back
CTIZAN AD

मङ्कीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

वि.सं.२०७९ साउन १० मंगलवार

807 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा महत्वपूर्ण सार्वजनिक महत्वको विषयबारे समय मागेर बोल्दै उनले मङ्कीपक्स जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाइ गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । ब
‘‘मङ्कीपक्सले विकसित मुलुकलाई आक्रान्त तुल्याएको छ । नेपाल सरकारले यसबारे सार्वजनिक ढङ्गले सुसूचित गरेको छैन । सीमामा साइनबोर्ड, विमानस्थलमा सचेतना सन्देश राखिएको छैन । खुला सिमाना भएकाले भारतमा समेत देखिइसकेकाले बेलैमा पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन सरकारसमक्ष माग गर्दछु”, सांसद भट्टराईले भने ।

उनले काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउनेबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए । काठमाडौँ उपत्यकामा ३४ जना हैजाका बिरामी भेटिइसकेका छन् भन्दै उनले समुदायस्तरमा हैजाको महामारीको रुप लिन नदिन राजधानी उपत्यकाका सबै खानेपानी र पिउने पानीका मुहानको गुणस्तरमापन परीक्षण गरेर जनस्तरमा सचेतना फैलाउन जरुरी भएको उल्लेख गरे ।

सांसद भट्टराईले कोभिडको नयाँ प्रजाति देखिएकाले त्यसको नियन्त्रणबारे सदनलाई जानकारी गराउन सरकार समक्ष माग गरे ।

सांसद खगराज अधिकारीले अमेरिकी स्टेट पार्टनर्ससिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर पत्र पठाइएको विषयबारे सदनलाई जानकारी गराउन माग गरे ।

सांसद अञ्जना विशङ्खे, अम्रिता थापा मगरलगायतले अष्ट्रेलियामा भइरहेको आइपिएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रधान सेनापतिलाई कसरी पठाइयो भनी प्रश्न गरे ।

वि.सं.२०७९ साउन १० मंगलवार १५:११ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...