back

उदाहरणीय नगर प्रमुख, जाे स्कारपिओ छाडेर मोटरसाइकलमा जान्छन् कार्यालय

वि.सं.२०७९ साउन १० मंगलवार

114 

shares

अर्घाखाँची । सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका-४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए । बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका हुन् ।

भूमिकास्थान नगरपालिका-४ घर भएका थापा मोटरसाइकलमा दैनिक ३२ किमी यात्रा गर्छन् । आफ्नै निजी मोटरसाइकलमा यात्रा गरिरहेका मेयर थापाले आफ्नै मोटरसाइकलमा यात्रा गर्नुको बेग्लै आनन्द भएको बताए । “म मोटरसाइकलमा यात्रा गरेको देखेपछि साथीहरूले आश्चर्य मान्दै मेयरसाव गाडी छैन र भन्नुहुन्छ,” उनले भने, “यही मोटरसाइकल देखाउँदै यो घोडा जस्तो मान्नु भो र भन्ने गरेको छु ।”

मेयर थापाले आफू निर्वाचित भइसकेपछि नगरपालिकाले भाडामा प्रयोग गरिरहेको एउटा स्कारपिओ फिर्ता गरिसकेका छन् । “नगरपालिकासँगग दुईवटा आफ्नै गाडी छन् वर्षौदेखी अर्को भाडाको गाडी पनि प्रयोग भइरहेको रहेछ,” मेयर थापाले भने, “हामी आएपछि त्यो गाडीको नवीकरण गरेनौं, १ साउनदेखि त्यो गाडी फिर्ता भइसक्यो ।”

थापाले आफूले सस्तो लोकप्रियताका लागि माेटरसाइकल नचढेकाे बताए । ‘म न त लोकप्रियता कमाउन मोटरसाइकल चढेको हुँ, न त सरकारी गाडी बहिष्कार नै गरेको हुँ,’ मेयर थापाले भने, ‘विशेष परिस्थितिमा नगरका गाडीहरू पनि प्रयोग गरिन्छ । तर मसँग आफ्नै साधन छ, मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिनँ ।’ न्यूज कारखाना

वि.सं.२०७९ साउन १० मंगलवार १७:०२ मा प्रकाशित

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार

पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार

काठमाडौं । पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...