back
CTIZAN AD

ज्योति लाईफ इन्स्योरेन्सद्धारा बीमितलाई दिने बोनस दर घोषणा

वि.सं.२०७९ साउन ११ बुधवार

651 

shares

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको छ ।

इन्स्योरेन्सले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ २० देखि ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्यांकन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो ।

सो प्रतिवेदनलाई बीमा समितिले २०७९ साउन ६ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ ।

सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ ।

त्यसैगरी, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले उक्त बीमालेखमा ९ वर्षसम्मको अवधि तथा २५ र सो भन्दा माथिकालाई बोनसदर तोकिएको छैन । त्यसैगरी, ज्योति ईजी पे जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार ०८:४३ मा प्रकाशित

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...