back
CTIZAN AD

नेपाली सेनाद्धारा नयाँ संरचना निर्माण

वि.सं.२०७९ साउन ११ बुधवार

864 

shares

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनामार्फत निर्माण गरिएको नयाँ संरचनाको मङ्गलबार उद्घाटन तथा पत्र हस्तान्तरण गरिएको छ । पृथ्वी स्मारक क्षेत्रमा आयोजित कार्यक्रममा नेपाली सेनाका मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले नेपाली सेनामार्फत निर्माण गरेको नयाँ संरचनाको उद्घाटन पश्चात पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारलाई पत्र हस्तान्तरण गरे ।

जबरजङ्ग गण देवीघाटको व्यवस्थापनमा पृथ्वी स्मारकको संरक्षणका लागि पर्खाल, बार, शालिकमा रङरोगन, विश्रामस्थल र शौचालयको निर्माण गरिएको छ ।
जबरजङग गणका प्रमुख सेनानी अरुण कार्कीका अनुसार रु २२ लाख ४७ हजार लगानीमा स्मारक संरक्षणका लागि अत्यावश्यक देखिएका नयाँ संरचनाको निर्माण जीर्ण भएका संरचनाको मर्मतसम्भार गरिएको हो ।

नेपाली सेनामार्फत करिब एक वर्षको अवधिमा स्मारक संरक्षणका लागि तीन सय ४० मिटरको स्टिलबार र दुई सय पाँच मिटरको दायाँबायाँ फलामको बार लगाइएको छ । दुई सय पाँच मिटरको स्मारक क्षेत्रको दायाँबाया तीनतर्फी पर्खाल बनाइएको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले नेपाली सेनाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय अखण्डताको रक्षासहित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थलको संरचना निर्माणमा पु¥याएको योगदानको प्रशंसा गरे ।

जालपादेवी मन्दिर क्षेत्रमा अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मारक क्षेत्रमा बनाइएको नयाँ संरचनाको निर्माणले धार्मिकसहित पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने पृथ्वी स्मारक संरक्षण समितिका प्रचारप्रसार उपसमितिका संयोजक रामकृष्ण भट्टले बताए ।

विसं १८३१ मा देवीघाटमा निधन भएका पृथ्वीनारायण शाहको सम्मानमा बनाइएको स्मारक क्षेत्रको सुधारका लागि स्मारकमा मूलढोका निर्माण, व्यवस्थित फूलबारी, स्मारक क्षेत्रको नाममा कार्यालय स्थापना गरेर कर्मचारी व्यवस्थापन र उनकोे अन्तिम संस्कार गरिएको स्थान त्रिशूली र तादीको सङ्गमस्थल देवीघाटमा रहेको ढुङ्गाको संरक्षण गर्नुपर्ने स्थानीयवासीले बताएका छन् ।

 

वि.सं.२०७९ साउन ११ बुधवार १२:२८ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...