back
CTIZAN AD

फेरि विवादमा मन्त्री सशी श्रेष्ठ : प्रक्रिया मिचेर नन्दलाई सरकारी नियुक्ति

वि.सं.२०७९ साउन ११ बुधवार

738 

shares

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री सशी श्रेष्ठ फेरि विवादमा तानिएकी छिन् । उनले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन् ।

मन्त्रालयअन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा मन्त्री श्रेष्ठले नन्द उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन् । उनले गत असार १९ मा मन्त्री स्तरीय निर्णयबाट नन्दलाई नियुक्ती दिलाएकी थिइन ।

सरकारी सेवाबाट दुई वर्ष अघि मात्र अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट अनुभवपत्र बनाउन लगाएर नियुक्त गराएकी हुन् । बताइएअनुसार विकल्प सहकारी संस्थाबाट दिइएको अनुभव पत्र पनि नक्कली हो ।

यसअघि पनि किर्तेलाई नियुक्ती

श्रेष्ठ मन्त्रीको जिम्मेवारीमा आएसँगै यो दोस्रो पटक विवादमा तानिएको घटना हो । यसअघि पनि नक्कली प्रमाणपत्र भएका भनिएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेकी थिइन ।

मन्त्री श्रेष्ठले तिमिल्सिनालाई नियुक्ती गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी मुद्दा चलाएको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार १२:२६ मा प्रकाशित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...