
काठमाडौं । नेपाल चलचित्र बोर्डका नवनियुक्त अध्यक्ष अभिनेता भुवन केसीले छिट्टनै एक समारोहको आयोजना गरेर चलचित्र क्षेत्रका समस्याहरु सुन्ने बताएका छन् ।
बुधबार बोर्डको अध्यक्षका रुपमा पदभार ग्रहण गर्दै केसीले चलचित्र क्षेत्रभित्रका समस्याबारेमा छिट्ट सर्वक्षिय सम्मेलन गरेर सबैको समस्या सुन्न चाहेको बताए ।
‘हामी एकदुई दिनमै सम्मेलन गर्दैछौं । जसमा प्राविधिक, कलाकार तथा सम्पूर्ण चलचित्र क्षेत्रसँग जोडिएका संस्थाहरु तथा दर्शकहरुको एउटा सम्मेलन बोलाउँदैछौं,’ अध्यक्ष केसीले भने, ‘चलचित्र क्षेत्र सम्बन्धी हजारौको भेला बोलाउने छौं । अहिलेसम्म टेक्यिसन, मेकअपम्यान, लाइट व्यायजलगायतका विभिन्न समस्या एकठाउमा राखेर सबैको कुरा सुन्नेछौं र निष्कर्ष निकाल्ने छौं ।’
उनले आफु जुन पार्टीमा गएपनि त्यहाँ चलचित्र क्षेत्रको हितको लागि गएको हुँ । ‘मेरो, तन, मन र धन चलचित्र क्षेत्र र चलचित्रकर्मीहरुको उत्थान र विकासको लागि हो । म एकजना पीडित भएर म एकजना सहीद भएर मेरो चलचित्र क्षेत्र, कलाकार, प्राविधिक साथी, मेरो देश, मेरो देशको कला र भाषा, संस्कृतिको रक्षा हुन्छ भने म सहिद हुन तयार छु ।’