back
CTIZAN AD

बुटवलमा बस चढ्न लागेका युवकलाई बन्धक बनाई फिरौती माग्ने महिलासहित ६ पक्राउ

वि.सं.२०७९ साउन ११ बुधवार

684 

shares

दाङ । एक युवकलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय युवकलाई बन्धक बनाई फिरौती माग गरेको आरोपमा दाङ बबई गाउँपालिका–३ का ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका–९का २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका–७ घर भइ दाङ तुलसीपुर उपमहानगरपालिका–६ हातीखौवा बस्ने २४ वर्षीय जनक कवँर र तुलसीपुर उपमहानगरपालिका–७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा पक्राउ परेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी रहेका पीडितलाई निर्मलाले फोन गरी ‘आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनु डाईभरलाई तपाईको नम्बर दिन्छु’ भनेर बोलाएको केही समयपछि लिलाराम बिक समेत ५ जनाले उनलाई कुटपिट गरी बागमती प्रदेश–०१–२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ पुर्याएका थिए ।

उनीहरुले तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडस्थित युवम होटलमा युवकलाई बन्धक बनाई फिरौती रकम ७ लाख मागेका थिए । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न सबैलाई पक्राउ गरेर आवस्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार १३:२१ मा प्रकाशित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...