काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले समर्पण हेल्थ केयर सेन्टरमा विशेष छुट पाउने भएका छन्। बैंक र सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अविसेक राजथलाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने सम्पूर्ण ग्राहकहरुले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण (रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ ।
साथै फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी (यु.एस्.जी तथा ई.सी.ओ) सेवामा १० प्रतिशत छुट हुने भएको छ ।
बैंकले रु २००० भन्दा बढीको औषधी खरीद गर्ने समर्पण हेल्थ केयर सेन्टर देखि २ कि. मि.को दुरी भित्र रहने ग्राहकहरुलाई होम डेलिभरीको व्यवस्था गरिएको जनाएको छ । साथै हेल्थ केयर सेन्टरमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको ।
बैंकले यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ ।
वि.सं.२०७९ साउन ११ बुधवार १३:२८ मा प्रकाशित





























