काठमाडौं । सिभिल बैंकले इलाम जिल्लाको फिक्कलमा नयाँ ‘एक्सटेन्सन काउन्टर’ संचालनमा ल्याएको छ ।
इलामकी उपप्रमुख चित्रकला बराइलीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेकी थिइन् । यो सँगै फिक्कल क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन ।
सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै, बैंकको हालसम्म ९९ एटिएम रहेका छन् ।
वि.सं.२०७९ साउन १२ बिहीवार ०८:२७ मा प्रकाशित





























