back
CTIZAN AD

पहिरोपीडित राजमार्ग छेउमा पाल टाँगेर बस्दै

वि.सं.२०७९ साउन १२ बिहीवार

750 

shares

गोदावरी । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई वर्षदेखि चुरे–४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन् । गत र अघिल्लो वर्षको साउनमा आएको पहिराले ती परिवार विस्थापित बन्न पुगेका थिए । गत कात्तिकको बेमौसमी वर्षाका कारण पहिरो खसेपछि उनीहरुको विचल्ली भएको हो ।

चुरे–४ मा पर्ने पनेरुगडा र टागगडाको राष्ट्रिय वनमा बसिरहेका ती परिवार हिउँद र वर्षायाममा कष्टकर जीवन बिताउँदै छन् । ती परिवारको व्यवस्थापनका लागि चुरेका जनप्रतिनिधिले प्रदेश सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए पनि ध्यान जान नसकेको जनाइएको छ ।

विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिए । पहिराले जग्गाजमिन नै तहसनहस पारिसकेकाले पहिलेको ठाउँमा फर्कन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

चुरे गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर रोकामगरले पहिरापीडित लाई खानेपानी तथा खाद्यन्न समस्यामा परेको जानकारी दिए । गत वर्ष गाउँपालिकाले त्रिपाल सहयोग गरे पनि अन्य आवश्यक सहयोग गर्न नसकेको उनको भनाइ छ ।

पहिराबाट विस्थापित भएकाहरू पुरानै स्थानमा फर्कन सक्ने सम्भावना छैन । उनीहरु बस्दै आएको पुरानो बस्ती पहिराले तहसनहस पारिसकेको छ । कतिपय गाउँको जमिन नै भासिएको छ । विस्थापित परिवार धेरै रहेकाले उनीहरूको व्यवस्थापन गर्न सक्ने अवस्था छैन । वडा नं १, २, ४, ५ र ६ का पहिराबाट विस्थापित भएर चुरे–४ मा पर्ने पनेरुगडा र टागगडामा बस्दै आएका छन् । कतिपय परिवार चुरे –५ स्थित भीमदत्त राजमार्ग छेउमा पाल टाँगेर बस्दै आएका छन् । उनीहरु बसेको स्थानमा पहिराले घर पुरेपछि विस्थापित भएर सो राजमार्ग छेउमा बस्न बाध्य भएका हुन् ।

 

वि.सं.२०७९ साउन १२ बिहीवार ११:५३ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...