back
CTIZAN AD

भदौ १ देखी उपत्यकाको फोहोर फाल्न नदिने संघर्ष समितिको चेतावनी

वि.सं.२०७९ साउन १२ बिहीवार

771 

shares

काठमाडौं । आफुहरु र सरकारबीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडा संघर्ष समितिले भदौ १ गतेदेखि उपत्यकाको फोहोर फाल्न नदिने चेतावनी दिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुले सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले सरकार र आफुहरुबीच गत जेठ २७ गते भएको सम्झौता कार्यान्वयन नभएको र त्यसका लागि सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेको आरोपसहित फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।

सिसडोल र बञ्चरेडाँडाका बासिन्दाले पटक–पटक धोका खाएको निष्कर्ष समितिले निकालेको छ ।

‘मानबस्तीरहित ल्यान्डफिलसाइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्रमध्ये सरकारले एउटा मात्रै छान्न पाउने छ ,’ संयोजक ढुंगानाले पत्रकार सम्मेलनमा भने, ‘अब सधैंका लागि फोहोर फाल्न नदिने बाध्यकारी आन्दोलन गरिएको हो ।’

वि.सं.२०७९ साउन १२ बिहीवार १५:२६ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...