back
CTIZAN AD

मुगुमा फोरजी टावर निर्माण पूरा गर्न ठेकेदारलाई दबाब

वि.सं.२०७९ साउन १३ शुक्रवार

1.1K 

shares

मुगु । मुगुको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले लामो समयदेखि अलपत्र अबस्थामा रहेको टेलिकम फोरजी टावर निर्माण कार्य सक्न मुख्य ठेकेदार कुमार पौडेललाई कडा दबाब दिएका छन् ।

सोरुको नार्थपु लामाकाडा र कच्चेकोट छायाँनाथ रारा नगरपालिकाको रुगा थार्पलेक निमार्णाधिन कार्य पूरा नभई अलपत्र परेका फोरजी टेलिकम टावरको काम सम्पन्न गराउन अध्यक्ष र उपाध्यक्षले ठेकेदार पौडेललाई भेटेर आउदो दसैं तिहारमै काम पुरा गर्न दबाब दिएका हुन् ।

मुगुमा टेलिकम फोरजी टावर निर्माण गर्न स्मार्ट जलजला जेभि कम्पनीका प्रोपराइटर कुमार पौडेलले बिस २०७६ सालमै नेपाल टेलिकमसँग ठेक्का सम्झौता गरि निर्माण कार्य सुरु गरेको भएपछि ठेकेदारकै बढी लापरवाहीले अहिलेसम्म निर्माण कार्य पूरा नभएपछि पालिकाका अध्यक्ष र उपाध्यक्षको ध्यान केन्द्रीत भएको छ ।

सोरु गाउँपालिकाका स्थानीयले संचारको कठिन भोग्न परेको र अर्कोतिर इन्टरनेट सेवा प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै पालिकाका अध्यक्ष र उपाध्यक्षद्धय शाही काठमाडौ दुरसंचारको प्राधिकरणमै पुगि आयोजनका मुख्य ठेकेदार कुमार पौडेललाई डाकेर तत्काल टावर निर्माण गर्न दबाब दिएका छन् ।

‘सोरु गाउँपालिकाले संचारको कठिनाई खेप्नु परेको छ’ पालिका अध्यक्ष शाहीले ठेकेदारप्रति आक्रोस पोख्दै भने, ‘तपाइको लापरवाहीले गर्दा तीनबर्ष अघि बन्ने टेलिकम फोरजी टावर अहिले सम्म तथालि¨ अलपत्र अबस्था छन् ।’

अध्यक्ष शाहीले भने–‘अब तपाई भन्नुस् टावर कहिलेसम्म पूरा गर्नुहुन्छ । अब तपाई उम्कन सक्नु हुन्न दसैंभित्रै टावरको काम सक्नुस नत्र तपाइलाई नै गाह्रो होला ।’

‘सोरु गाउँपालिकाका धेरै बस्तीमा टेलिफोन नलाग्ने तथा संचारको भरपर्दो सुबिधा नहुँदा बिरामीको ज्यान समेत गएको अध्यक्ष शाहीले बताए । ‘तपाई काठमाडौमा बसेर मुगुमा टेलिकम टावर बन्छ तुरुन्तै तपाई योजनास्थलमा जानुस काम सुरु गर्नुस ।’

मुख्य ठेकेदार आयोजना स्थलमा नजाने स्थानीय पेटी ठेकेदारलाई कामको जिम्मा दिदा नार्थपु लामाकाडा, रुगा थार्प र कच्चेकोटमा टेलिकम फोरजी टावर अलपत्र परेको अध्यक्षको भनाई छ ।

दसैंसम्म पनि ठेकेदारले टेलिकम टावर निर्माण कार्य पूरा नगरे सोरु गाउँपालिकाका स्थानीय झरो दियालो बोकेर काठमाडौमा आन्दोलन गर्न जाने अबस्था उत्पन्न हुने भन्दै अध्यक्षले ठेकेदारलाई चेतावनी समेत दिए ।

‘पालिकास्तरबाट के कति सहयोग गर्न सकिन्छ हामी तयार छौ,’ पालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले भने, ‘एक हप्ताभित्रै टेलिकमका इन्जिनियर र ठेकेदार पौडेल योजनास्थलमा गएर काम थालनी गर्नु प¥यो ।’

समान ढुवानी गर्न जनशक्ति देखि आर्थिक अपुग भए पालिका सहयोग गर्न तयार रहेको उपाध्यक्षले बताए ।

‘दसैंभित्र तीनवटा फोरजी टावरको काम सकेर फोन सेवा र इन्टरनेट सुचारु हुनु प¥यो । २१ औ शताब्दीमा पनि सोरुबासी संचार सेवाबाट बञ्चित छन्,’ उपाध्यक्ष शाहीले भने, ‘काम ढिलासुस्तीमा टेलिकमको पनि दोष देखिन्छ । एक योजनाको काम गर्न तीनजना ठेकेदार भएर कहि सम्भव हुन्छ ?’
उपाध्यक्षले तत्काल बाँकी काम सकेर दसैं तिहारमा सोरुमा फोरजी इन्टरनेट सेवा संचालन गर्नुपर्ने ठेकेदारलाई दवाव दिए ।

अध्यक्ष र उपाध्यक्षले ठेकेदार पौडेललाई कडा दबाब दिएपछि आउँदो तीन महिना अर्थात् दसैंभित्र टावर निर्माण पूरा गर्ने ठेकेदार पौडेलले बताएका छन् ।

पौडेलले टावरको केही समान योजनास्थलमा ढुवानी भइसकेको र समान नेपालगञ्जमा रहेकोले उक्त समान छिट्टै एक योजनास्थलमा लगेर काम सुरु गर्ने बताए । उनले आधा काम पूरा भइसकेको र बाँकी काम दुई तीन महिनाभित्र पूरा गरि दसैंभित्र फोन सेवा सुचारु हुने जानकारी समेत दिए ।

फोरजी टेलिकम टावर निर्माण कार्य पूरा गर्न बारम्बार नेपाल टेलिकमले दबाब दिदा सुनुवाई नभएको प्रतिनिधिसभा सदस्य गोपालबहादुर बमको भनाई छ । सांसद बम भन्छन्– ‘तीनबर्ष सम्म टेलिकम टावर अलपत्र पर्दा नेपाल टेलिकम मुकदर्शक बनेर बस्यो ।’

सिमित नार्थपु, थार्पलेक र कच्चेकोट मात्र नभएर मुगुम कार्मारोङ गाउँपालिकाको किम्री र माग्रीमा निमार्णाधिन टेलिकमको टावर पनि तीनबर्ष देखि ठेकेदारले अलपत्र पारेको अवस्था छ ।

सोरु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षकै पहलमा टेलिकमले यो चालु आर्थिक बर्षमा सोरु गाउँपालिकामा थप नयाँ जिमा, देउतामाडु, धैनकोट र मुसिनमेलामा नयाँ टेलिकम टावर निर्माणको निम्ति टेण्डर प्रकृया अघि बढाइएको छ ।

 

 

वि.सं.२०७९ साउन १३ शुक्रवार १७:२९ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...