back
CTIZAN AD

बंगलादेशमा अध्ययन गरी नेपाल फर्किएका डाक्टरहरुको पुनर्मिलन कार्यक्रम हुँदै

वि.सं.२०७९ साउन १३ शुक्रवार

843 

shares

बंगलादेशबाट अध्ययन गरेर फर्किएका डाक्टरहरुको काठमाडौँमा पुनर्मिलन कार्यक्रमको आयोजना हुँदैछ । सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश (Society for Nepalese Doctors of Bangladesh)  ले स्थापना भएको केही वर्षको अन्तरालमा यो कार्यक्रम गर्न लागेको हो ।

बंगलादेशबाट अध्ययन गरेर फर्किएका ५००० भन्दा बढ़ी डाक्टरहरु एक अर्काबीच चिनजान गर्ने तथा आवश्यक पर्दा सहयोग गर्ने उद्देश्यका साथ ‘व्यावसायिक जीवनमा संगसंगै अगाडि बढ़ौ’ (Let’s grow together in our Professional life) भन्ने स्लोगन सहित यस सस्थाद्वारा कार्यक्रम आयोजना गर्न लागिएको संथापक, कोलोरेक्टल सर्जन साथै यस कार्यक्रमका कार्यक्रम संयोजक डा. राकेश शाहले बताए।

कार्यक्रम “लैनचौर बैनकुएट’, काठमाडौँमा ३० जुलाई (श्रावण १४ गते) का दिन दिउँसो ३ देखि ६ बजेसम्म हुने बताइएको छ।

सो समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल , प्रधानमन्त्री र मुख्यमन्त्री कार्यालयका स्वास्थ्य सल्लाहकार डा. आर. पी. बीच्छ, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, नेपाल मेडिकल काउनसिलका अध्यक्ष डा. भगवान कोइरालाका साथै नेपाल चिकित्सा संघका अध्यक्ष डा. लोचन कार्की उपस्थित हुने पनि डा.शाहले बताए । त्यस्तै , बंगलादेशबाट नेपालका लागि राजदूत सलाहुद्दिन नोमन चौधरी र बंगलादेशका लागि पूर्व राजदूत डा. वंशिधर मिश्रको पनि उपस्थिति रहने उनले बताए ।

सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश (Society for Nepalese Doctors of Bangladesh)  बंगलादेशबाट एमबीबीएसर बीडीएस तथा MD/MSअध्ययन गरेर  नेपालमा काम गर्ने सम्पूर्ण नेपाली डाक्टरहरुको समूह भएको एउटा गैरलाभदायक सस्था हो। संस्थाले नेपालका विभिन्न ठाउँमा स्वास्थ्य शिविर, भर्चुअल सोशल कार्यक्रम गर्नेदेखि बंगलादेशबाट अध्ययन गरेका डाक्टरहरूलाई सहयोग जस्ता कार्यक्रमहरु गर्दै आएको छ।

वि.सं.२०७९ साउन १३ शुक्रवार २०:४६ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...