काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त काउन्टर सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै संचालनमा ल्याएको बैंकले जनाएको छ । “सबैका लागि बैंक” भन्ने नाराका साथ २९ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले मुलुकभर तथा देश बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।
बैंकले ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको जनाएको छ ।
वि.सं.२०७९ साउन १३ शुक्रवार १७:५८ मा प्रकाशित





























