back
CTIZAN AD

पालिकाले नदीका असला माछाको संरक्षण गर्ने

वि.सं.२०७९ साउन १४ शनिवार

1.4K 

shares

खलङ्गा । जुम्लाको सिञ्जा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए ।

अति लोकप्रिय अवस्थामा रहेको असला माछाका भुरा संरक्षणमा पालिका लागिपरेको छ । अध्यक्ष धितालले भने, “नदी संरक्षणका लागि नदीमा विषादी प्रयोग गर्न नदिने, विद्युतीय सामग्री, गोलाबारुद र मछर झुल प्रयोग गरेर माछा मार्न नपाइने नभएको छ ।” हिमा नदीमा पाइने असला जातका माछाका भुरा बचाउने उद्देश्यका साथ गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै पारित गरेको जनाइएको छ ।

गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक मित्रलाल धितालले हिमा नदीमा पाइने असला जातका माछा हराउने अवस्थामा पुगेको छ । नदीमा माछा मार्नका लागि पासो हाल्ने, करेन्ट लगाउने, जाल हान्नेलगायतका कार्यले असला जातका माछा लोप हुने अवस्थामा पुगेका छन् । अहिले विभिन्न खालका औजार प्रयोग गरेर माछा मार्ने प्रविधि बढेको छ ।

माछा संरक्षणका लागि अहिलेदेखि नै गाउँपालिकाले बजेट निर्माणमै यो कार्यक्रम पारित गरेको गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक धितालले बताए ।

गाउँपालिकाको पशुपक्षी शाखाका अनुसार यदि कसैले नदीमा गएर माछाका भुरा मार्ने कार्यमा संलग्न भए नजिकै प्रहरीचौकीलाई जानकारी गराउन गाउँपालिकाले सबैलाई अनुरोधसमेत गरेको छ । रासस/फाइल फाेटाे

वि.सं.२०७९ साउन १४ शनिवार १३:५५ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...