back
CTIZAN AD

मङ्कीपक्सबाट ब्राजिलमा पहिलो मानवीय क्षति

वि.सं.२०७९ साउन १४ शनिवार

861 

shares

ब्राजिलिया । ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन ।

ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भएपनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनलाई क्यान्सर लगायतका अन्य गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरूको भनाई छ ।

मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तर ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो ।

मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरूले त्यस प्रदेशमा मात्रै ४४ जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ । अरु १३० जनामा त्यसको शंका गरिएको पनि उनीहरूको भनाई छ । सिन्ह्वा

वि.सं.२०७९ साउन १४ शनिवार १३:४१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...