
काठमाडौं । ‘खल्ती’ र राष्ट्रिय बीमा संस्थानले बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी गरेको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरेको हो ।
यस साझेदारी पश्चात उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ताले बिमा तिर्न खल्ती एपमा रहेको इन्स्योरेन्समा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नु पर्नेछ । कम्पनीले मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रक्रियालाई पुरा गर्न सकिने जनाएको छ ।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रो लागि एक प्रभावकारी उपलब्धि हो । यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा हुने साथै बिमा शुल्क सङ्कलन अझै सरल र प्रभावकारी बन्ने कुरामा हामी बिश्वस्त छौं ।”
कम्पनीले रु. ५,००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नु परेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनु पर्ने जनाएको छ ।