back
CTIZAN AD

दुईवटा कम्युनिष्ट पार्टी बनाउनुपर्छ –सिपी गजुरेल

वि.सं.२०७९ साउन १५ आइतवार

927 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेल ‘गौरव’ ले देशमा २ वटा कम्युनिष्ट पार्टी बन्न सक्ने आधार भएको बताएका छन् ।

पुष्पलाल अध्ययन समाजद्धारा काठमाडौंमा आयोजित पुष्पलाल स्मृति सभामा बोल्दै नेता गजुरेलले अहिले एउटा कम्युनिष्ट पार्टी बनाउन तम्सनु समय मात्र बर्वाद हुनु हो भन्दै २ वटा पार्टी बन्न सक्ने बताएका हुन् ।

अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलाल स्मृतिका अवसरमा देशभरीका कम्युनिष्टहरु एउटै छातामुनि आएर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने सपथ खाऔं भन्ने प्रस्तावको प्रत्युत्तर दिँदै नेता गजुरेलले दलाल पुँजीवादी संक्रमणमा रहेको संसदवादीहरु र नयाँ जनवादी धारका क्रान्तिकारी कम्युनिष्टहरुको एउटै पार्टी बनाउने संभावना तत्काल नरहेको बताएका थिए ।

उनले नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा एउटा पार्टी र ओली, प्रचण्ड, माधव समेतका अर्को पार्टी बनाउदा उपर्युक्त हुने भन्दै विभिन्न समूहहरु विचारधाराका आधारमा सँगै बस्दा राम्रो हुने सुझाव दिएका थिए ।

कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा (माओवादी केन्द्र) का नेता दीनानथ शर्मा र एमाले उपाध्यक्ष युवराज ज्ञवाली लगायतका नेताले सम्बोधन गरेका थिए ।

 

वि.सं.२०७९ साउन १५ आइतवार १४:०५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...