back
CTIZAN AD

मुगु अस्पताल बिकास समितिको अध्यक्षमा गजेन्द्र मल्ल

वि.सं.२०७९ साउन १५ आइतवार

774 

shares

मुगु । मुगु जिल्लाको एकमात्र पन्ध्र शैथ्या जिल्ला अस्पताल बिकास समितिको अध्यक्ष पदमा युवानेता गजेन्द्रबहादुर मल्ल नियुक्त भएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्र्तगत सामाजिक बिकास मन्त्रालयले मल्ललाई चारबर्षे कार्यकालको लागि मुगु अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

डेढ बर्षसम्म पदाधिकारी बिहिन अबस्थामा रहेको मुगु अस्पताल बिकास समितिले बल्ल पूर्णता पाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
पारसमणी मल्लको कार्यकाल सकिएपछि रिक्त रहेको अस्पताल बिकास समितिलाई डेढ बर्षमा सामाजिक बिकास मन्त्रालयले पूर्णता दिएपछि कामकाज गर्न सहज हुने भएको छ ।

लामो समयदेखि अस्पताल बिकास समितिमा अध्यक्ष नहुँदा कामकाज गर्न कठिनाई भइरहेको अबस्थामा मन्त्रालयले मल्ललाई अध्यक्षमा मनोनय गरेपछि सहज भएको जिल्ला स्वास्थ्य सेवा ब्यवस्थापक उमेश गौतमको भनाई छ ।

अस्पताल बिकास समितिका अध्यक्ष पदमा नियुक्ति भएका मल्लले आफनो चारबर्षे कार्यकालमा जिल्ला अस्पताल कुनै पनि कमी कमजोर हुन नदिने कार्यालय प्रमुख स्वास्थ्यकर्मी चिकित्सकसँग परामर्श गरि कामकाज अघि बढाउने बताएका छन् ।

अस्पतालको खानेपानी ब्यवस्थापन सरसफाईदेखि अन्य भौतिक संरचना निर्माणको लागि प्रदेश सरकार संघीय सरकार तथा बैदेशीक दातृ निकाय सित समन्वय सहकार्य गरि कामकाज गर्ने अध्यक्ष मल्लले बताए ।

‘जिल्ला अस्पतालमा एमडि चिकित्सकको अभाव छ, त्यसको पदपूर्ती गर्न प्रदेश सरकारसँग पहल गर्ने छु,’ मल्लले भने, ‘अस्पतालमा फार्मेसी सेवा संचालनमा ल्याउन र बिग्रिएका उपकरण मर्मत सम्भार गर्न म लागि पर्ने छु ।’

 

वि.सं.२०७९ साउन १५ आइतवार १४:३६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...