back
CTIZAN AD

बामपन्थीहरु एकजुट हुन पुष्पलालवादीहरुको आग्रह

वि.सं.२०७९ साउन १५ आइतवार

705 

shares

काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजिवीका कमजोर बन्दै गएको पृष्ठभुमिमा बामपन्थीहरु एकजुट हुन आग्रह गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औ स्मृति दिवसका अवसरमा बोल्दै पुष्पलालवादी नेता लोककृष्ण भटराई लगायतले सो आग्रह गरेका हुन् ।

पुष्पलाल अध्ययन समाजद्धारा आयोजित सो कार्यक्रममा मुलुक बिषम र जटिल अवस्थामा पुगेकाले बामपन्थी शक्तिहरुको एकता टडकारो भएको बताइएको थियो ।

May be an image of 1 person, standing and indoor

कार्यक्रमका सम्मानित वक्ता नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेल ‘गौरव’ ले देशमा २ वटा कम्युनिष्ट पार्टी बन्न सक्ने आधार भएको बताएका छन् । उनले एउटा कम्युनिष्ट पार्टी बनाउन तम्सनु समय मात्र बर्वाद हुनु हो भन्दै दलाल पुँजीवादी संक्रमणमा रहेका संसदवादीहरु र नयाँ जनवादी धारका क्रान्तिकारी कम्युनिष्टहरुको एउटै पार्टी बनाउने संभावना तत्काल नरहेको बताएका थिए । उनले नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा एउटा पार्टी र ओली, प्रचण्ड, माधव समेतका अर्को पार्टी बनाउदा उपर्युक्त हुने भन्दै विभिन्न समूहहरु विचारधाराका आधारमा सँगै बस्दा राम्रो हुने सुझाव समेत दिएका थिए ।

No description available.

कार्यक्रमका अर्का सम्मानीत वक्ता नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले दशवर्षे जनयुद्ध र १९ दिने दोश्रो जनआन्दोलनबाट प्राप्त गणतन्त्र पनि पुष्पलालकै बाटोको परिणाम भएका बताएका थिए । उनले प्रधानशत्रु र गौण शत्रु छुट्याउने तथा मित्रको घेरा फराकिलो पार्ने पुष्पलालको परिपक्व सोँचलाई आफ्नो पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले महत्वका साथ आत्मबोध गरेको स्मरण गर्दै नेपाली कांग्रेसका नेता गिरीजा प्रसाद कोइराला र एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल तथा विभिन्न राजनैतिक शक्ति र परिर्वतनकारी जनताको बलमा अध्यक्ष प्रचण्डको नेतृत्वबाट गणतन्त्र प्राप्त भएको स्मरण गराएका थिए ।

दक्षिणपन्थी र प्रतिगामी शक्तिहरु विभिन्न बहानामा सल्बलाईरहेको सन्दर्भमा पुष्पलालको एकता र सहकार्यको नीति अहिले पनि सान्दर्भिक रहेकोले सबै पार्टी र नेताहरु गम्भीर हुनुपर्नेमा नेता शर्माले जोड दिएका थिए ।

May be an image of 2 people
कार्यक्रमका अर्का सम्मानीत वक्ता नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली ले कतिपय नेताहरुको मनोगतवादले कम्युनिष्ट आन्दोलन नै खतरामा पुगेको बताएका थिए ।

पुष्पलाल दूरदृष्टि राख्ने नेता भएको बताउँदै उनले अहिलेका केही नेताहरुको मनोगतवाद र व्यक्तिवादी दंभले कम्युनिष्ट आन्दोलनमा समस्या पैदा भएको उल्लेख गरे । उनले पुष्पलालको गरिमा, ओज र महत्व दिनानुदिन बढ्दै गएको बताउँदै कम्युनिष्ट आन्दोलनमा सहि र परिपक्व बाटो लिएको बताए । वामपन्थीहरुको एकताबद्ध आन्दोलन बलियो पार्नुपर्नेमा दक्षिणपन्थीहरुसँग गठजोड हुनु दुर्भाग्य भएको समेत उनले बताए । एमसीसी पछिको एसपीपीले मूलुक पुरै पराधिन भएको बताउँदै वामपन्थीहरु मिलेमात्र दुर्घटना रोक्न सकिनेमा उनको जोड थियो । उनले ओली, प्रचण्ड र माधव नेपालहरुको नामै उल्लेख गरी एकताको वातावरण बनाउन आग्रह गरेका थिए ।

May be an image of 2 people

कार्यक्रमका अर्का सम्मानीत अतिथि नेकपा मालेका संस्थापक महासचिव सिपी मैनालीले तत्कालीन कोअर्डिनेशन केन्द्र हुदै माले भित्रको द्धन्द र एमाले बनेपछिको बैचारीक बिचलनको ब्याख्या गर्दै ओली, माधव र प्रचण्डका दंभले एकताप्रेमी कम्युनिष्टहरुलाई असहज बनाएको धारणा ब्यक्त गरेका थिए ।

कम्युनिष्ट आन्दोलनमा निषेधवादी चरीत्र मुख्य बाधक रहेको बताउदै नयाँ आधारमा नयाँ एकताको खोजी हुनुपर्नेमा जोड दिएका थिए ।

May be an image of 1 person

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईको सभापतित्व, सचिव भरत गौतमको संचालन, नेकपा समाजवादीका नेता देवशंकर पौडेलको स्वागत मन्तब्य र उपाध्यक्ष नारायण शर्माको धन्यवाद मन्तब्य रहेको सो कार्यक्रममा नेकपा पुष्पलालवादीका नेता मानध्वज गुरुङ, नेकपा माओवादी केन्द्रका नेता किशन शर्मा, समाजका सल्लाहाकार एकराज भण्डारी, मोहन बहादुर केसी लगायतका वक्ताहरुले नेताहरुमा बैचारीक बिचलन भएकै कारण देश कमजोर भएको बताएका थिए ।

May be an image of 2 people

कार्यक्रममा नेकपाका नेता अचुत ज्ञवाली, समाजका सल्लाहकार गोपाल ठाकुर, रविन्द्र कर्माचार्य, खेम कोईराला बन्धु, रविनारायण खनाल, रामजिन्दाजी गुरुंग, उदयराज अधिकारी, पुष्पलालका मित्र शिव श्रेष्ठ, नेकपा एसका नेता होम बुढाथोकी, महिला नेतृ निर्मला श्रेष्ठ, समाजका उपमहासचिव मुकुन्द आचार्य, हरीहर खरेल, सचिव नीलकण्ठ तिवारी, कोषाध्यक्ष श्रीहरी श्रेष्ठ, सदस्यहरु साबित्रि भटराई, चन्दा थापा, शेखर भटराई, दीपक दाहाल, एक नारायण काफले, श्याम मल्ल, बसन्त केसी, काजीलाल श्रेष्ठ, शंकर खडका, धन बहादुर मगर, दिवाकर शर्मा, बासुदेव आचार्य, नविन पौडेल, हरीहर कार्की, केदार अधिकारी, तुलसी भुसाल, चिरन्जीवी पाण्डे, लोचन बस्नेत, गजेन्द्र राई, उत्तम कंडेल, बिदुर ढुंगेल, मान राई, सुनिल कार्की, डेनो थिंग, भुपाल बहादुर राम लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

May be an image of 1 person

वि.सं.२०७९ साउन १५ आइतवार १६:४६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...