काठमाडौं । जनार्दन शर्मा पुनस् अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि गत असार २२ गते उनले पदबाट राजीनामा दिएका थिए । संसदले उनीमाथि छानबिन गर्न विशेष संसदीय समिति गठन गरेलगत्तै शर्माले राजीनामा गरेका थिए ।
संसदीय छानबिन समितिले सफाइ दिएसँगै शर्मा पुनः अर्थमन्त्रालयको जिम्मेवारी आउन लागेका हुन् । आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोपबाट सफाई पाएका शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री देउवा समक्ष सिफारिस गरेका थिए ।

सम्बन्धित समाचार
अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा
प्रचण्डको मनमौजी : अर्थमन्त्रीबारे निर्णय लिन बैठक, तर बैठक नै नबस्दै सिफारिस
वि.सं.२०७९ साउन १५ आइतवार १६:४६ मा प्रकाशित






























