back
CTIZAN AD

प्रचण्डको मनमौजी : अर्थमन्त्रीबारे निर्णय लिन बैठक, तर बैठक नै नबस्दै सिफारिस

वि.सं.२०७९ साउन १५ आइतवार

834 

shares

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दिउँसो ३ बजेका लागि स्थायी समितिको बैठक डाकेका थिए । स्थायी समिति बैठकमा सांगठनिक विषयसँगै अर्थमन्त्री नियुक्तीको विषयमा छलफल गर्ने कार्यसूची थियो । स्थायी समितिका नेताहरुलाई पनि सोही विषयमा ब्रिफिङ्ग गरिएको थियो ।

तर, दिउँसो ३ बजेका लागि निर्णय लिन बैठक डाकेका अध्यक्ष प्रचण्डले नेताहरुलाई थाहै नदिइ जनार्दन शर्मालाई नै अर्थमन्त्रीको रुपमा सिफारिस गरेका छन् । उनले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नियुक्तीको सिफारिस गरेका हुन् ।

प्रचण्डको सिफारिसअनुसार शर्मालाई आज नै अर्थमन्त्रीको रुपमा सपथ गराउने तयारी छ । प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपतिको कार्यालयले सो विषयमा तयारी गरिरहेको छ ।

संसदीय समितिले करको दर हेरफेर गरेको प्रकरणमा शर्मालाई सफाई दिएसँगै माओवादीभित्र उनैलाई दाहोर्‍याउने कि नयाँलाई पठाउने भन्ने विषयमा छलफल चलिरहेको थियो । नेता लिलामणि पोखरेलका अनुसार शर्मालाई नियुक्ती गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय लिँदै थियो ।

गृहजिल्ला सिन्धुली पुगेका हरिबोल गजुरेल पनि अर्थमन्त्रीको विषयमा निर्णय लिन बोलाइएको स्थायी समिति बैठकका लागि काठमाडौं आउँदै थिए । उनले आजको बैठकबाट अर्थमन्त्रीको नियुक्तीको विषयमा निर्णय हुने संसार न्यूजलाई बताएका थिए ।

तर, बैठक अघि नै उनको नियुक्तीको सिफारिस प्रचण्डले गरिसकेका छन् । जसबारे पोखरेल र गजुरेल मात्रै होइन सबैजसो स्थायी समिति सदस्य अन्योलमा छन् ।

बाहिर जस्तै माओवादीभित्र पनि केहीले प्रश्न उठेको हुनाले नैतिकतामा हेक्का राख्दै शर्मालाई दोहोर्‍याउने वा नदोहोर्‍याउने भन्ने विषयमा निर्णय लिनुपर्ने बताउँदै आएका थिए । उनीहरुले अर्थमन्त्रालयमा अर्को पात्रलाई पठाउन तयार हुनुपर्ने धारणा पनि राखेका थिए । तर, प्रचण्डको एकल निर्णयसँगै विषय टुंग्गीएको छ । पछिल्लो निर्णयले माओवादीभित्र असन्तुष्टी बढाउन सक्ने देखिन्छ ।

सम्बन्धित समाचार

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा

वि.सं.२०७९ साउन १५ आइतवार १३:१० मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...